महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द
नेपालबहस संवाददाता
पुस १९, २०७९ बुधबार २:४१:३६
१९ पुष, जलेश्वर । पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेको शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले बताए ।
उनका अनुसार जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मनरासिस्वा नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, भङ्गहा नगरपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र पिपरा गाउँपालिकाले आफ्ना सबै सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।
अविरलरूपमा बहिरहेको चिसो स्याँठ र तप तप गर्दै चारैतिर शीतवर्षा भइरहेका कारण असहनीय जाडो भएपछि दशवटै पालिकाले आउँदो एक साताका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । साथै केही पालिकाले मौसममा सुधार नआएमा पुनः बिदा थप गर्नेसमेत जनाएका छन् ।
मौसममा अचानक आएको परिवर्तनपछि जिल्लाका १५ पालिकामध्ये १० पालिकाले बालबालिकाको जीउ, ज्यान तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आजैदेखि लागु हुने गरी सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेका छन् भने अन्य पालिकाले पनि आ आफ्ना नगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिरहेको बुझिएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख सुवेदीका अनुसार महोत्तरी जिल्लाको १५ वटा पालिकामा जम्मा तीन सय २३ वटा सामुदायिक विद्यालय छन् भने अहिले अचानक जिल्लामा सुरु भएको शीतलहरका कारण करिब दुई सय विद्यालयमा अचानक पठनपाठन बन्द गरिएको हो ।
उनले जिल्लाका विद्यालयले वर्षे तथा बाँकी रहेको बिदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययनरत बालबालिकालाई हुनसक्ने क्षति तथा दैवी प्रकोपलाई मध्यनजर गर्दै तत्काललाई विद्यालय बन्द गरेको जानकारी दिए। जिल्लाको पाँच वटा पालिकाका विद्यालयमा अझै पनि नियमित पठन पाठन जारी रहेको उनले बताए ।
कठ्याङ्ग्रिँदो जाडोमा दलित र विपन्न बस्तीमा नेपाली सेना
महोत्तरीमा अचानक जाडो बढेपछि नेपाली सेनाले सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित मुसहर र बिन बस्तीमा नेपाली सेनाले सहयोग गरेको छ ।
जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले सो बस्तीका एक सय ७५ घरधुरी लाभान्वित हुने गरी ३० स्थानमा एक हजार दुई सय किलोग्राम दाउरा बालेर न्यानो बाँड्ने काम गरेको प्रमुख सेनानी उत्तम कटवालले बताए ।
त्यस्तै नेपाली सेनाको टोलीले ती बस्तीका चार सय व्यक्तिलाई कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला तातोपानी र चिया पिलाएर बस्तीका व्यक्तिलाई न्यानो पार्ने काम गरेको छ । नेपाली सेनाले कठ्याङ्ग्रिँदै गरेको बस्तीमा न्यानो बाँडेपछि ती बस्तीका बासिन्दा खुसी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार