महामन्त्रीको विज्ञप्तीलाई लिएर कांग्रेसले राख्यो पत्रकार सम्मेलन
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार १६:११:५०
२० पुस, काठमाडौं । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निकालेको विज्ञप्तिलाई लिएर त्यसबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।
बुधबार दिउँसो ३ बजे पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर विज्ञप्तिबारे पार्टीको भनाई सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ । महामन्त्रीद्वयको माग र भनाइलाई लिएर कांग्रेसभित्र फरक–फरक धारणा आएका छन् ।
आम निर्वाचन र देशको समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको भनिए पनि खासमा महामन्त्रीको विज्ञप्तीबारे सभापतिको धारणा सार्वजनिक गर्न लागिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई धन्यवाद ज्ञापन गर्ने कायर्क्रम पनि राखिएको छ । दुई महामन्त्रीले निकालेको वक्तव्यलाई स्वाभाविक रुपमा लिनेदेखि त्यसको विपक्षमा मत राख्नेहरुसम्म देखिएका छन् ।
कार्यान्वयन गर्ने तहमा भएका व्यक्तिहरुले वक्तव्य निकालेर नीति महाधिवेशनको माग गर्नु गलत भएको संस्थापन पक्षका नेताहरुको भनाइ छ । उनीहरुका अनुसार पदाधिकारीले पार्टी सभापतिलाई भेटेर भन्नुपर्ने विषयमा वक्तव्य निकाल्नु गलत भएको बताएका छन् । महामन्त्रीले नीति महाधिवेशन अविलम्ब गर्नुपर्ने माग उठाएका थिए । महाधिवेशन पश्चात् ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन छिटो गरौं भन्ने तत्परतालाई अस्वाभाविक रुपमा लिन नहुने संस्थापन इतरका नेताको भनाइ छ ।
उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा गठन गरिएको नीति, अनुसन्धान तथा प्रतिष्ठानले नीति माथिको बहस चलाउन सकेको छैन् ।समितिले पनि पूर्णता पाएको छैन् । पार्टी नीतिमुखी बनाउन र निर्वाचित सभापतिले आफूले ल्याएको नीति अनुसार पार्टी परिचालन गर्नका लागि पनि नीति महाधिवेशन गर्नुपर्नेमा महामन्त्रीद्वयको जोड थियो । तर, ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन नयाँ कार्यसमिति आएको एक वर्ष भित्र पनि हुन सकेको छैन ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको बताए । उनले चुनावको बेला पार्टीको प्रचार समितिका सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरेकाे र नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गरेकोमा धन्यवाद दिन कार्यक्रम राखिएको हो ।नीति महाधिवेशन वा महासमिति बैठकबारे पनि चर्चा हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार