समूहगत छलफलको होडबाजीले कांग्रेसमा तनाव, महामन्त्रीद्वय तार्गेटमा
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार २१:६:२
२० पुस, काठमाडौं । नेपाली कांग्रेस पार्टीको आन्तरिक राजनीति दिनदिनै सरलतातिर भन्दा जटिलतातिर गइरहेको छ । पुष २२ गते बोलाइएको केन्द्रीय समितिको बैठक सारेर समूह-समूहका छलफल, बैठक र भेला सुरु भएका छन् । संस्थापन इतरसमूहले भोली बिहीबार आफुपक्षका सबै तहका नेताहरुको भेला बोलाएको छ । डा. शेखर कोइरालाले नेतृत्व गरिरहेको यो समूहले केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाका कमजोरीबारे साझा प्रस्ताव बनाउन भेला बोलाएको हो ।
कोइराला समूहले भेला बोलाए लगत्तै सभापति देउवाको निवास धुम्बाराहीमा मंगलबार अबेर यसबारे छलफल भएको थियो । छलफलमा सहभागी एक नेताले बताएअनुसार केन्द्रीय समितिको बैठक बस्नुअघि एकचरण कांग्रेसको पछिल्लो अवस्थाबारे सबै प्रदेशबाट जानकारी लिन आवश्यक देखिएपछि बैठक सारिएको हो । केन्द्रीय समितिको बैठक सारेर देउवा पक्षले बुधबारबाटै प्रदेश अनुसार केन्द्रीय सदस्यको छुट्टाछुट्टै छलफल राखेको छ । यी छलफल सबै प्रदेशमा केन्द्रीय समितिको बैठक अघि देउवाको पक्षमा माहोल बनाउन राखिएका हुन् ।
ती नेताले बताएअनुसार इतरसमूहको नेतृत्व गरिरहेका शेखर कोइरालाले उठाएका विषयभन्दा सभापति देउवा आफ्नै महामन्त्रीका कदमप्रति असन्तुष्ट छन् । उनले गठबन्धन बनाउँदादेखि सरकार गठन र त्यसपछिका घटनाक्रममा पनि महामन्त्रीद्वयले सभापतिलाई साथ नदिएर पार्टीहित विपरित कार्य गरेको भन्दै केन्द्रीय समितिमा महामन्त्रीबिरुद्ध समर्थन जुटाउने प्रयास गरिहेका छन् । राष्ट्रिय मेलमिलाप दिवसपछि दिनहुँ जसो धुम्बाराहीमा महामन्त्रीद्वय छलफल र आलोचनाका पात्र बनिरहेका छन् ।
सभापति देउवा र महामन्त्रीबीच संस्दीय दलको नतालाई लिएर टसल सुरु भएको थियो । निर्वाचनमा उम्मेदवार छनोट भएपछि महामन्त्री गगन थापाले आफुले आगामी सरकारको नेतृत्व गर्न चाहेको भन्दै पछि नहट्ने बताएका थिए । पछि उनको चाहनामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिन पुगेपछि देउवा उनीहरुप्रति सकारात्मक देखिएका थिएनन् । सत्ताबाट बाहिरिनु परेको पीडा र कांग्रेस नेताहरुको पार्टीलाई राजनीतिक दुर्घटनामा पारेको आरोपबाट बच्न उनी घरमै बसेका थिए । शनिबार पुष १६ मा मेलमिलाप दिवस थियो तर, देउवाले सभापतिको हैसियतबाट शुभकामनासमेत दिएनन् ।
माहामन्त्रीद्वयले उनीसँग सल्लाह नगरी संयुक्त विज्ञप्ती निकालेर पार्टीमा देउवाको भूमिकाप्रति आलाेचना गर्दै तत्काल नीति महाधिवेशन बोलाउन प्रस्ताव गर्ने कुरा सार्वजनिक गरे । यसपछि देउवा निकट रहेकाहरुको बैठक दिनहु सुरु भएको थियो । केन्द्रीय समितिको बैठकमा सभापति देउवा आफुले गर्दा कांग्रेस यो अवस्थामा आइपुगेको भनेर स्वीकार गर्दै आत्मआलोचना गर्ने पक्षमा छैनन् । यसको दोष महामन्त्रीलाई दिने तयारीमा छन् ।
महामन्त्रीसहित कोइराला समूहले ल्याउने एजेण्डबाट बच्न देउवाले तलदेखि माथिसम्म फरक मोहाल बनाउनुपर्ने निकट सहयोगीहरुको सुझाव अनुसार प्रदेशबाटै उनका पक्षमा आवाज उठाउन सर्कुलर गरियो । प्रदेश पार्टी समितिमा कांग्रेस सभापति देउवाको निर्णय सही थियो भन्ने माहोल बनाउन जिम्मा संसदीय दलका नेतालाई दिइएको बताइन्छ । केन्द्रीय समितिमा आफु पक्षका केन्द्रीय सदस्यहरुको आवाजमा एकरुपता ल्याउनका लागि प्रदेशका सांसदहरुसँग छलफल सुरु गरिएको हो ।
पुष २४ सम्ममा सबै प्रदेशका सांसदहरुसँग छलफल सक्ने देउवाको कार्यतालिका छ । केन्द्रीय समितिको बैठकमा नेविसंघलाई पुर्णता दिनेदेखि विभिन्न विभागहरुमा पनि जिम्मेवारी तोक्ने तयारीमा देउवा छन् । बैठकमा आफु पक्षकै नेताहरुले पनि विरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर बैठक सार्दै छलफल सुरु गरिएको ती नेताले नेपालबहसलाई बताए । केन्द्रीय समितिमा यसै पनि सभापति देउवाको स्पष्ट बहुमत छ ।
यसै अनुसार प्रदेश १ का देउवा पक्षको बैठक आज बुधबार नै बस्दैछ । ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रदेश १ का संस्थापन पक्षका केन्द्रीय सदस्यको बैठक गर्न देउवाले निर्देशन दिएका छन् । यसको समन्वय गर्न प्रदेश अनुसारका नेताहरुलाई दिइएको छ । देउवाको यो तयारी पछि कसरी अगाडी जाने भन्नेबारे भोली बिहीबारको भेलामा कोइराला समूहले थप धारण बनाउने बताइन्छ । यसरी दुइपक्ष भिन्नाभिन्नै छलफलमा जुट्न थालेपछि कतिपयले यो छलफललाई कांग्रेस विभाजनको संकेतका रुपमा पनि लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार : नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार