प्रधानमन्त्री र राष्ट्रपति नछोड भन्ने महामन्त्रीले माग्ने हैन, गर्ने होः कांग्रेस प्रवक्ता
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार २२:२०:५२
२० पुष, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई गठबन्धनको सरकार बनाउने क्रममा इतरसमूहले राष्ट्रपति र प्रधानमन्त्री पद कुनै पनि हालतमा अरु दललाई नदिन दवाव दिएको र पछि आएर उल्टो अरोप लगाएको बताएको छ । पार्टी कार्यलय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले इतर समूहका नेता तथा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले आफ्नो जिम्मेवारी भूलेको आरोप लगाएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति महाधिवेशन गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको विषयमा प्रवक्ता महतले महामन्त्रीले माग गर्ने नभएर कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, ‘नीति महाधिवेशनमा महामन्त्रीद्वयले विज्ञप्ति निकाल्न जरुरी छैन । उहाँहरु माग गर्ने होइन कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । केन्द्रीय समिति बैठक पश्चात तत्काल कामहरु हुन्छन् । केन्द्रीय समितिबाटै निर्णय हुन्छ र नीति महाधिवेशन पनि हुन्छ । तर, तरिका भएन ।’
प्रवक्ता महतले इतरपक्षले जस्तो अवस्थामा पनि पार्टीभित्र आलोचना मात्र गर्ने बताए । संसदमा सबैभन्दा ठूलो पार्टी भएर पनि प्रतिपक्षमा बस्दा नेतृत्वप्रति आलोचना भएको भन्दै कांग्रेसमा जे भए पनि आलोचना हुने गरेको उनको भनाइ छ । महतले भने,‘कार्यसम्पादन समितिबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर निर्णय गरेको भए पनि उहाँहरुले विरोध नै गर्नुहुन्थ्यो । यत्रो ८९ सिट भएको कांग्रेसले ३२ सिट भएको प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्याे भनेर पाटी घनघोर आलोचना हुन्थ्यो । अहिले विरोध गर्ने साथिहरुले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छोड्नुहुँदैन भनेर पछिसम्म दवाव दिनुभएको थियो ।’
उनले पार्टी सभापतिमाथि पदाधिकारीबाट आएको आरोप सत्य नभएको भन्दै बालु्वाटारमा सांसदहरुको बैठक बसेको र प्रधानमन्त्री कांग्रेसले नै लिनुपर्ने भन्दै दवाव दिएको भन्ने कुरा गलत भएको बताए । महतले अहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप लगाए । गठबन्धनभित्र पदहरू मात्रै भएको तर भागवण्डा नमिलेको उनको भनाइ छ । साथै यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन भएको उनको आरोप थियो ।
‘अहिलेको गठबन्धन अवसरवादी हो । राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ । त्यहाँ पदमात्र छ । पदको भागवण्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो । गठबन्धनको आयु छोटिने सम्भवाना देखेका छौं,’ नेता महतले भनेका छन् । यस्तै उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने पनि बताए । नेता महतले निर्वाचनअघिको कांग्रेस–माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताएका थिए ।
सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए । उनले यसबारे विश्लेषण भइरहेको पनि बताए । साथै यसको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको बताए । यद्यपि नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट विचलित नभएको महतले बताएका छन् । साथै आफूहरूले वैकल्पिक समर्थन जुटाएर सरकार बनाउने प्रयास नगरेको पनि उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार