सीमामा तस्करी नियन्त्रणको उपाय खोज्दै, सशस्त्रका चार डीआईजी हल्चोकमा
नेपालबहस संवाददाता
पुस २०, २०७९ बिहिबार २:४९:१२
२० पुष, काठमाडौं । सशस्त्र प्रहरीका चार डीआईजीलाई मूख्यालय बोलाएर सीमा क्षेत्रमा तस्करी कारण खोजिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी बढेको गुनासो बढेपछि सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले सीमा क्षेत्रको प्रदेश कमाण्ड गर्ने चार डीआईजीलाई काठमाडौ बोलाएर त्यसको कारण खोजिएको हो ।
प्रहरी महानीरिक्षक अर्यालले सीमा क्षेत्रका व्यापारी र सर्वसाधारणले व्यापक गुनासो गरेको र गृहको रिपोर्टमा पनि तस्करी बढेको भन्ने उल्लेख भएपछि अर्यालले उनीहरुलाई बोलाएर कारण खोजेका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखसमेत रहेका बाहिनीपतिहरुलाई मूख्यालयमा बोलाएर तस्करी नियन्त्रण नभए कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
सशस्त्र मूख्यालयमा प्रदेश १ का डीआईजी कमल गिरी, मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगर, लुम्बिनी प्रदेश प्रमुख विदुर खड्का र सुदुरपश्चिम प्रदेशका निमित्त प्रमुख एसएसपी विश्वकुमार भट्टराईलाई बोलाइएको स्रोतले जनायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार