प्रधानमन्त्री प्रचण्डः एकातिर चुनौतिका चाङ, अर्कोतिर ओलीको निगरानी
नेपालबहस संवाददाता
पुस २१, २०७९ बिहिबार १८:१७:४७
२१ पुष,काठमाडौं । समीकरण परिवर्तन गरेर प्रधानमन्त्री बनेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ यतिबेला निकै तनाव र दवावमा देखिएका छन् । प्रचण्ड जति सहजरुपमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए उनले नेतृत्व गरेको सरकार त्यही रुपमा अगाडी जाने अवस्था देखिएको छैन् । शपथ लिएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकमै उनलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चुनौति दिए भने वरियता नमिलेको भन्दै अर्का उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ असन्तुष्ट बने । उनी अहिले पनि वरियतामा खुलिसकेका छैनन् ।
पुष २५ गते संसद अधिवेशन बस्दैछ । त्यसको भोली पल्टै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । कतै गठबढी भयो भने विश्वासको मत नपाइएला भन्ने चिन्ता पनि छ । तर, यो हदसम्मको धोका दिने पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छैनन् । ओलीले यो गठबन्धनबाट धेरै कुरा लिनु पनि छ । मन्त्रिपरिषदमा विचार नमिल्ने दलको भूमिकाले पनि प्रचण्डलाई सताउने नै देखिन्छ ।
प्रचण्डसामु एकातिर एकदमै बेमेल र भिन्न विचारधारा बोकेका राजनीतिक शक्तिलाई विश्वासमा लिएर सरकार चलाउनपर्ने मुख्य चुनौती छ भने अर्कातिर कार्यसम्पादन राम्रो नदेखाए सरकारमा सबैभन्दा ठूलो दल रहेको एमालेका अध्यक्ष ओलीले चुप लागेर बस्ने संकेत दिएका छैनन् । पहिलो कार्य त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने हो । त्यसपछि मन्त्रिपरिषद विस्तारमा पनि लफडै हुने देखिन्छ । सहयात्री दल साना भएपनि माग ठूलो छ ।
विश्वासको मत लिनुपर्दा प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । पारित नभएमा सरकार अल्पमतमा पर्नेछ । प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । यसको बहुमत ल्याउन दाहालको पक्षमा कम्तीमा १ सय ३८ सांसद हुनुपर्छ । यो संख्या अहिले उनीसँग पर्याप्त छ । सात दल र स्वतन्त्र सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र तीन सांसदको समर्थन छ ।
सात दल सम्मिलित सरकारका न्युनतम साझा कार्यक्रममा पनि ठूलो दल एमाले हावी हुने देखिएको छ । सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज भोलीमा पूर्णता दिने तयारी छ । विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम आउन भन्ने धेरैको अपेक्षा पनि छ । कार्यक्रम आएर मात्र पनि भएन । त्यसको कार्यान्वयको पक्ष झन चुनौतिपूर्ण छ । देशको अर्थतन्त्रको हालत पनि सकारत्मक छैन् ।
प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयका सचिवहरुलाई मन्त्रिपरिषदको गतिमा काम गर्न निर्देशन दिएका छन् । उचित कार्यतालिकासहित काम नगरे कारवाहीको भागिदार बन्नुपर्ने प्रधानमन्त्रीको भनाइले कर्मचारी सन्तुष्ट देखिएका छैनन् । चित्त नबुझ्दा प्राविधिक जमानामा एक कर्मचारीले सामान्य समस्या खडा गरिदियो भने पनि विध्वंस हुन्छ भन्ने कुराको संकेत राहदानी वितरणले ने देखाइसकेको छ । प्रधानमन्त्रीले दिएको सुशासनसम्बन्धी निर्देशन कार्यान्वयनका लागि सचिवहरूले आफ्नो मन्त्रालयको खाका तयार पारिरहेका छन् ।
प्रधानमन्त्री मंगलबार दिएको ३० बुँदे निर्देशन कार्यान्वयनका लागि कसले, कसरी, कहिले र के काम गर्ने प्रस्ट मार्गनिर्देशनसहितको खाका बनाएर सबै मन्त्रालय र विभागीय प्रमुखले प्रधानमन्त्री कार्यालयमा पेस गर्ने तयारी पनि गरेका छन् । मुख्यसचिव शंकरदास बैरागी सचिवहरूलाई थप निर्देशन पनि दिएका छन् कि साताभित्र निर्देशन कार्यान्वयनको खाका तयार गरेर पेस गर्नू । तर, योजना बनाएर मात्र हुँदैन । त्यसको कार्यान्वयन कसरी गर्न सकिन्छ त्यसको खाका प्रस्ट हुनुपर्छ । अहिले जताततै वेथिति छ ।
मन्त्रिपरिषद विस्ता भइसकेको छैन कालोसूचीमा परेका ठेकेदारहरुले प्रधानमन्त्री कार्यलय घेर्न थालेका छन् । यस्ता वेथिति सबैभन्दा धेरै भौतिकपूर्वाधारमा देखिएका छन् । यो मन्त्रालयको जिम्मेवारी पनि माओवादीकै भागमा परेको छ । सबैभन्दा धेरै बजेट भएर पनि धेरै बेथिति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रधानमन्त्रीसँग जोडिन्छ । मुलुकको सबैभन्दा बढी बेथिति पूर्वाधार विकास खास गरी ठेक्कापट्टा र ठेकेदारसँग सम्बन्धित छ । राज्य संयन्त्रसँगको मिलेमतोमा कानुनी छिद्र प्रयोग गरी राष्ट्रिय गौरवका र अन्य ठूला आयोजनाको लागत र समय बढिरहेको छ ।
सानादेखि ठूला पूर्वाधार आयोजनाको म्याद पटक–पटक थपेर समय लम्ब्याइरहे पनि अधिकांशको काम आधाआधी पनि हुन सकेको छैन । काठमाडौं उपत्यकामै बेहाल छ । सर्वसाधारणले बर्खामा हिलाम्मे र हिउँदमा धूलाम्मे सडकमा सास्ती बेहोर्नुपरिरहेको छ । वर्षौंदेखि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, योजना तथा विकासविद्हरू नै ओहोरदोहोर गरिरहे पनि त्यसको नतिजा दिन निकम्मा नै आइरहेको छ । यी दुरवस्था हटाउन सहज छैन् । सत्ताको प्रमुख सहयात्री दल एमालेले यो क्षेत्रलाई चासोमा राखेर प्रधानमन्त्रीको काम गराइको निगरानी गर्ने नै छ । भ्रष्टाचार यो मन्त्रालयको सबैभन्दा ठूलो रोग हो ।
यही भ्रष्टचारले गर्दा विभागिय मन्त्री भएपनि ठेकेदार, कर्मचारी तथा राजनीतिज्ञहरूबीचको साँठगाँठ चुरो गएर प्रधानमन्त्रीमा ठोकिन्छ । कानुन बनाउने प्रतिनिधि र प्रदेशसभामा पनि ठेकेदारहरुको उपस्थिति बलियो नै छ । अझ प्रधानमन्त्रीनिकट ठेकेदार शारदाप्रसाद अधिकारी र उनको शैलुङ कन्स्ट्रक्सनमार्फत ठेक्कापट्टाको काम सब ैअलपत्र छन् । कालोसूचीमा राख्नेदेखि कारबाहीको प्रयाससम्म गरिए उनी सदैव प्रधानमन्त्रधीकै संरक्षणमा छन । पहिले उनलाई कारवाही गर्ने आँट प्रचण्डले गर्छन कि गर्दैनन् भनेर एमाले अध्यक्ष ओली कुरिरहेका छन् ।
सबै मन्त्रालयमा अहिले देखिएको अर्को समस्या हो कानुनी अड्चन । सार्वजनिक निर्माणका सन्दर्भमा विद्यमान कानुनी समस्या छन् । यसले गौरवका आयोजना, ठूला आयोजना र साना आयोजनाबीचको परिभाषा, बजेट र विशेषाधिकारको विषय स्पष्ट बनाउन पर्ने देखाएको छ । कतिपय ठूला र रणनीतिक महत्वका आयोजना द्रुत गतिमा अघि बढाउन विशेषाधिकारको आवश्यकता हुन्छ त्यो प्रधानमन्त्रीले मेरो जिम्मा भयो भनेर सचिवहरुलाई निर्देशन दिँदै भनिसकेका छन् । यसबाहेक अन्तरसरकारी निकाय समन्वयका दृष्टिले पनि कैयौं कानुनी उल्झन छन्, त्यसको पहिचान गरेर प्रधानमन्त्रीले मन्त्रीहरुलाई सल्टाउन निर्देश गर्नुपर्छ ।
प्रचण्ड प्रधानमन्त्रीमा नयाँ होइनन् । यसअघि दुई पटक प्रधानमन्त्री भएका बेला समय र अनुभवको कमीले काम गर्न नसकेको भन्दै पश्छिनेकाम उनीबाट भएको थियो । उनले दुई पटक नौ–नौ महिना सरकारको नेतृत्व गरिसकेका छन् । अब उनले भनेजस्तो गर्न कम्तीमा सत्ता साझेदार दलहरूबीच समन्वय र सन्तुलन कायम गर्न सक्नुपर्ने हुन्छ । सत्ता समीकरण भत्किएन भने उनले कम्तीमा दुई वर्ष संसदमा अविश्वास प्रस्तावको सामना नगर्नुपर्ला । त्यसपछि बालुवाटारबाट बाहिरिनुपर्ने अवस्था छ । सिद्धान्ततः मन्त्रिपरिषद् प्रधानमन्त्रीकै चाहनामा चल्नु पर्ने हो । तर, प्रचण्डलाई पहिलो बैठकमै असज हुने संकेत मिलिसकेको छ ।
सत्ता साझेदार दलले सरकारसँग समन्वय र सहकार्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनेको छ । तत्कालीन संसदमा करिब दुई तिहाइ बहुमत रहेको नेकपा ओली र प्रचण्डबीचकै शक्ति संघर्षकै कारण विभाजन भएको थियो, ओली सत्ताबाट बाहिरिएका थिए । अब पनि ओली–दाहाल सहकार्य सहज रुपमा जाने देखिदैन । ओलीले कुनैपनि बेला पुरानो इगो उठाएर प्रचण्डलाई संकटमा पार्न सक्छन् ।
प्रचण्ड पुष १० मा प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । त्यसमा पनि चार बिनाविभागीयले जिम्मेवारी पाएका छैनन् । अहिले नै प्रधानमन्त्री प्रचण्ड एक्लै मन्त्रिपरिषद् विस्तार र बिनाविभागीय मन्त्रीको जिम्मेवारी नै तोक्न हैसियतमा देखिएनन् । ओलीको इच्छाविपरित उनी जानसक्ने अवस्था नै छैन् । विश्वासको मत लिएपछि प्रचण्डले ओलीलाई घुर्काउन सक्छन किन भने २ वर्षसम्म अविश्वासको प्रस्ताव आउन सक्दैन । ओलीको चाहनामा प्रचण्डले नागरिकता विवादमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाएका छन् ।
सत्ता गठबन्धनको कमजोर धरातलका कारण लामिछानेको नागरिकता विवाद प्रकरणमा प्रश्न उठिरहे पनि प्रचण्ड मौन छन् । प्रधानमन्त्रीका लागि समर्थन गरेका राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीले अघि सारेका सर्त पूरा गर्नुपर्ने दबाब पनि प्रचण्डसामु छ । सरसर्ती हेर्दा प्रधानमन्त्रीमा प्रचण्ड छन तर, ओलीले तालाचाबी आफ्नो हातमा राखेर बसेका छन् । विश्वसनीय राजनीतिबारे प्रचण्डमाथि उठ्दै आएको प्रश्न नै पहिलो चुनौती हुने देखिनछ । जुन वर्गको उत्थानका लागि भन्दै उनले हतियार उठाएका थिए अब प्रधानमन्त्री भइसकेपछि त्यो वर्गका निम्ति के गर्छन भन्ने चासो पनि धेरैको छ । राष्ट्रियताका विषयमा पनि ओलीकोभन्दा प्रचण्डको नीति फरक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार