आजदेखि सबै प्रदेशबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिन सकिने
नेपालबहस संवाददाता
पुस २४, २०७९ आइतबार १५:२९:४७
२४ पुष, काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुका लागि श्रम स्वीकृति लिन सहज भएको छ । आइतबारबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ । अरु प्रदेशमा सुरु भइसकेको छ ।
काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थपिएको हो । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृतिलगायत सेवा पोखरा र बुटवलबाट सुरु गरिएको थियो । सर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिइँदै आएको छ ।
चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान गरिने भएको हो । स्वीकृतिका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन । सबै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ । श्रम मन्त्रालयले समयमै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन आग्रह गर्दै आएको छ ।
वैदेशिक श्रम स्वीकृतिमा अनलाइन प्रणाली पूर्ण रूपमा लागू गरी नागरिकलाई प्रविधिमैत्री सरकारी सेवासुविधा दिन सफल भएको भन्दै वैदेशिक रोजगार विभागलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ । सेवाग्राहीहरुले भने अनलाइन फारममा समस्या आउने गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार