जनसेवा सहकारीको कारोबार सात करोड ३६ लाख नाघ्यो
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २०:२७:५४
२५ पुष, खोटाङ । जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार सात करोड नाघेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सहकारीको आर्थिक वर्ष २०७८/०७९ मा वार्षिक कारोबार पुँजी सात करोड ३६ लाख ६१ हजार २८४ रुपैयाँ पुगेको हो ।
जालपामा शनिबार सम्पन्न २६औं साधारणसभामा सहकारीले हालसम्म चार करोड ६६ लाख ८४ हजार २०५ रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ । बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्याउने उद्धेश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत ०५३ सालमा स्थापना गरिएको सहकारीको सेयर पुँजी ८१ लाख ४९ हजार ६०० रुपैयाँ पुगेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।
हाल पाँच करोड ८८ लाख ६६ हजार ७६७ रुपैयाँ ऋण लगानीमा रहेको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको २०७८/०७९ को प्रगती प्रतिबेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ मा सहकारीले आठ लाख ५१ हजार ९५६ शेयर लाभांश वितरण गरेको छ । साधारणसभाले भावी निती तथा कार्यक्रम, प्रस्तावित बजेट, लेखा परीक्षण, विद्यान संशोधन लगायत पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार