नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनी सुरु
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार २१:५०:७
२६ पुष, काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी माघ १० सम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रदर्शनीले पुस्तक पढ्ने बानीको विकास गर्न सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाइ छ । प्रदर्शनीमा शब्दकोश, ग्रन्थकोश, अनुसन्धनात्मक पुस्तक, धार्मिक, सामाजिक, ऐतिहासिक, दर्शन, बालसाहित्य, समालोचना लगायतका विभिन्न पुस्तकहरु राखिएका छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १० देखि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
प्रदर्शनी नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले पृथ्वी जयन्ती, प्रज्ञा–प्रतिष्ठानको जन्मजयन्ती, नयाँ वर्ष, भानु जयन्ती, मोती जयन्तीलगायतका अवसरमा पुस्तक मेला आयोजना गर्दै आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका व्यवस्थापक प्रमुख सुधीर ढुङ्गेलले अघिल्लो प्रदर्शनीमा १५ दिनमा रू आठ लाख बराबरको पुस्तक बिक्री भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार