कर्णालीमा एमाले र माओवादी केन्द्रबीच सरकार आलोपालो गर्ने सहमति
नेपालबहस संवाददाता
पुस २७, २०७९ बुधबार २१:५१:४८
२७ पुष, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।
बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुअघि सत्तारुढ गठबन्धनका मुख्य दुई घटकबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति भएको हो ।
एमाले र माओवादी केन्द्रबीच पूर्ण कार्यकालको आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । पहिलो अढाई वर्ष नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व लिनेछ ।
माओवादी केन्द्रबाट राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्दैछन् । उनलाई मुख्यमन्त्रीको उम्मदवार बनाउने निर्णय माओवादी केन्द्रले गरिसकेको छ ।
एमालेले यमलाल कँडेललाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
पुष २८, २०८१ आइतबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार