सर्वसाधारणसँगै बस चढे गृहमन्त्री लामिछाने (भिडियाे)
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १७:२६:१४
२८ पुष , काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज बिहान आन्तरिक विमानस्थलको धवानमार्गमा सर्वसाधारणसँगै बसमा यात्रा गरेका छन् ।
उनी चितवन जान बुद्ध एयरको विमान चढ्न जाने क्रममा सर्वसाधारणसँगै बसमा सवार भएका हुन् । गृहमन्त्री लामिछाने बसमा सवार भएका भिडियो दीपक बोहराले सामाजिक संजालमा पोष्ट गरेका छन् ।
भिडियोमा गृहमन्त्री लामिछानेले एक महिलासँग सवा मिनेट संवाद गरेका छन् । संवादमा महिलाले नेता, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यशैली र रवैयाको कटु आलोचना गरेकी छन् ।
‘तपाईँसँग जनताले धेरै आश गरेका छन्, राम्रो काम गर्नुहोला’ ति महिलाले भनिन्, ‘हजुरले यसरी नै सिकाउनु भयो भने सबैले यही सिक्छन् ।’ उनले अन्य नेताहरुलाई पनि सरल व्यवहार सिकाउन अनुरोध गरिन् । उनले राष्ट्रपति सवार हुँदा घण्टौं ट्राफिक जाम हुने र पैदलयात्रु, भक्तजनले समेत हैरानी खेप्नु परेको घटनाको स्मरण गराइन् ।
‘हामी मन्दिरमा जाँदा १० घण्टा लाइन बस्दा पनि पालो पाउँदैनौं, तर राष्ट्रपति आँउदा उल्टै ४ घण्टा बाटो बन्द गरेर उनलाई चाहिं तुरुन्त दर्शन गर्न दिन्छन् ।’
सुविधा जनतालाई दिने हो भन्दै लामिछानेले ‘समयको चाप नहुँदा आफू तपाईहरुसँगै हुन्छु, सँगसँगै यात्रा गर्ने बताए । एक जना मन्त्री नहुँदासम्म एक खालका, मन्त्री हुने बित्तिकै अर्कै हुने भन्ने मान्यता गलत भएको सन्देश सबैले दिनुपर्ने बताए ।
हवाइजहाजसम्म पुग्ने बसमा अन्य धेरै यात्रु सिटमा बसेका र उनी उभिएको देखिन्छ । उभिएकै अवस्थामा उनले महिलासँग संवाद गरेका छन् । आफू उभिने तर अरुलाई बस्ने सुविधा दिने बताएका छन् ।
मन्त्रीमा नियुक्त भएपछि उनले यसअघि गृह मन्त्रालयको क्यान्टिनमा खाना खाएका थिए । जसको चर्चा सर्वसाधारणमाझ र सामाजिक संजालमामा राम्रैसँग भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार