राप्रपाका भुवन पाठक बागमती प्रदेशकाे सभामुख बन्ने निश्चित
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २०:३:२०
२८ पुष, हेटौंडा । राप्रपाका प्रदेश सांसद भुवन पाठक बागमती प्रदेशको सभामुख बन्ने निश्चितजस्तै भएको छ । उनले सत्ता गठबन्धन एमाल, माओवादी केन्द्रसहित दलहरुको समथृनमा आज सभामुखका लागि गउम्मेदवारी दर्ता गराएका छन् ।
उनले एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलाल ‘सरल’को समर्थनमा प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर मनोनयन दर्ता गरेका हुन् । पाठक राप्रपाको कोटामा काठमाडौंबाट समानुपातिक सांसद चुनिएका हुन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाको १३ जना सांसद छन् भने उनलाई सत्त गठबन्धनका ७ मध्ये ५ वटा दलहरुको समर्थन रहेको छ । उनको समर्थनमा रहेका दलहरु एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका २ जना गरी ७० सांसद छन् ।
सभामुख चयन आजै हुँदैछ । पाठकको प्रतिस्पर्धा नेपाली कांग्रेसका शिवराज अधिकारी र र नेमकिपाकी सिर्जना सायजुसँग हुनेछ । सायजु र अधिकारीले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।
मुख्यमन्त्री भने यिनै दलहरूकाे समर्थनमा माओवादी केन्द्रमा शालिकराम जमकट्टेल निर्वाचित भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार