शिक्षक विष्ट हत्याका अभियुक्त दम्पती जेल चलान
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २०:५०:५
२८ पुष, बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्नताको आरोपमा प्रहरी हिरासतमा रहेका एक दम्पतीलाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालतको आदेशमा मुद्दा पुर्पक्षका लागि पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई जनेल पठाइएको हो ।
सुर्नया गाउँपालिका-२ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडी मृतावस्थामा भेटिएका थिए । त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान पश्चात कर्तव्य ज्यान कसुरमा मुद्दा चलाइएको थियो ।
अनुसन्धानका क्रममा बोहरा दम्पतीले हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ । शिक्षक विष्ट पुष २ गते श्रीकृष्ण माविको छात्रावास पछाडी मृत फेला परेका थिए ।
‘पुस १ गते राति विमला शौचालय जान्छु भनि कोठाबाट बाहिर निस्केकी थिइ । ढिलोसम्म नआएपछि मैले खोजी गर्दा उनलाई विष्टले अंगालो हालेको देखेपछि रिस उठेर मुक्का हानेको थिएँ,’ अभियुक्त बोहराले बयानमा भनेका थिए । ढलेपछि पनि उनले छाती र मुखमा हानेको बयान दिएकाे प्रहरीले बताउँदै आएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार