डकुमेन्ट प्रमाणीकरण नहुँदा निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २२:४७:१७
२८, पुष, काठमाडौं । दुई हप्ता पहिले कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको छ । शव ल्याउन नेपालबाट आवश्यक कागजपत्र कम्बोडिया पुगिसके पनि त्यहाँको सरकारी पक्षले प्रमाणीकरणमा हेलचेक्र्याइँ गर्दा ढिलाइ भएको हो ।
एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले नेपालबाट आवश्यक कागजात पठाइसकिएको र कम्बोढिया सरकारले प्रमाणीकरण गरेपछि शव ल्याइने बताए । त्यहाँका आन्तरिक मन्त्रालयका अधिकारीले बिहीबार फाइल प्रमाणीकरण गर्ने संभावना रहेको बताइएको छ ।
फाइल प्रमाणीकरण भएपछि शव नेपाल आइपुग्न कम्तीमा ४ दिन लाग्नेछ । थाइल्याण्डको सीमा नजिकै पर्ने पोपेइ सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगालागीमा मृत्यु भएको थियो । उनी पर्यटक भिसामा त्यहाँ पुगेका थिए ।
आगलागी हुँदै गर्दा उनले आफू बच्ने संभावना नरहेको बताउँदै आगलागी भइरहेको भवनको झ्यालमा बसेर घर परिवारलाई भिडियोमार्फत रूँदै झण्डै ४ घण्टा लामो कुराकानी गरेका थिए । अन्तिममा उनले भवनको १२औं तलाबाट हामफल्दा उनको मृत्यु भएको थियो । सरकार पक्षको लापरवाहीले पाण्डेले अनाहकमा ज्यान गुमाएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।
पाण्डेको मृत्युप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चासो दिँदै छिटो शव नेपाल ल्याउन अधिकारीहरुलाई निर्देशन दिएका थिए । शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार