प्रदेश १ मा ३ मन्त्री थपिए, मुख्यमन्त्रीले आजै विश्वासकाे मत लिँदै
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १७:३२:६
२९ पुष, विराटनगर । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य र दुर्गा चापागाइँ र नेकपा (एमाले)बाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका छन् ।
मुख्य मन्त्री कार्कीले आजै प्रदेश प्रमुखसमक्ष प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गर्दैछन् । नवनियुक्त मन्त्रीहरुको पनि शपथ शुक्रबार भएको छ । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।
आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ सांसद मत पाउनुपर्छ । सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार