माओवादी केन्द्रबाट ३ मन्त्री थपिँदै, सापकोटाले खोजे मन्त्री कोटा
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १९:८:३९
२९ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टीबाट सांसद महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
सांसद यादव माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका थिए । उनी बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालका नेता हुन् ।
सत्तारुढ दलहरुबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ । यसअघि माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।
यता पार्टीका प्रभाशाली नेता पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आफ्ना भितजालाई मन्त्री बनाउन दबाब दिएको स्रोतले जनाएको छ । सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाव दिएका हुन् । माधवलाई मन्त्री नबनाए आफूलाई उपराष्ट्रपति बनाउनुपर्ने अडान राखेको निकटस्थ नेताहरु बताउँछन् । भट्टराई पुत्री मानुषी काठमाडौं ७ बाट चुनावमा पराजित भएपछि रायलाई मन्त्री बन्ने अवसर प्राप्त हुने भएको छ ।
गएको आमनिर्वाचनमा उनी र कृष्णबहादुर महराले टिकट लिएका थिएनन् । सापकाेटा र महरा सशस्त्र द्वन्द्वकालदेखिकै प्रचण्डका विश्वास पत्र हुन् । साेपकाेटाविरूद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामालाइ जिउँदै जलाएर ‘हत्या’ गरेकाे आराेप छ ।
शुक्रबार सत्ता गठबन्धन दलबीच मन्त्रालयको भागवण्डाटुंगो लगाएर शनिबार वा आइतबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने प्रयास रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार