पृथ्वी जयन्तीमा गरिएकाे गिरफ्तारीप्रति आङकाजीको आक्रोश, धर्म निरपेक्षा मोर्चा बनाउने चेतावनी
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २०:१:३५
२९ पुष, काठमाडौं । आदिवासी जनजाति नेता आङकाजी शेर्पाले आफूलाई पृथ्वी जयन्तीमा गिरफ्तार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले एक अनलाई टिभीसँगको अन्तर्वार्तामा गिरफ्तारीको निन्दा गर्दै गृहमन्त्री रबि लामिछानेको नामै लिएर गोली गलौजमा उत्रेका छन् । साथै उनले बिहीबार गृहमन्त्री लामिछाने र पृथ्वीनारायण शाहको तस्बिर जलाएका छन् ।
उनी आफू नियमित काममा गइरहेका बेला पुष २७ गते (पृथ्वी जयन्ती)का दिन प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए । सामन्ती र भाषा–धर्म अतिक्रमणकारीको जयन्ती नमनाउन पाउनुपर्ने उनको भनाइ छ । उनलाई प्रहरी हेडक्वाटरबाट खटिएका सादा प्रहरी टोलीले बुधबार बिहान १० बजेतिर गौशाला चोकबाट घेरा हालेर गिरफ्तार गरी साँझ ७ बजेसम्म बेपत्ता अवस्थामा हिरासतमा राखिएका थिए । गिरफ्तारपछि आफ्नो गाडी, मोवाइल कब्जामा लिई सम्पकीविहीन अवस्थामा पुर्याएकाे उनको भनाइ छ । ‘गोली ठोकेर मार्या भए आङकाजीबारे सत्य समाचार बाहिर आउने थिएन’ उनले भनेका छन् ।
विगतमा राजतन्त्र फाल्ने बेला राजाका शालिक भत्काउने र विरुद्धमा नारा लगाउनेहरुलाई समेत हत्कडी नलागेको भन्दै आफूलाई हत्कडी लगाएर गुपचुप रुपमा घण्टौं राखेको उनले बताएका छन् । आफ्ना पुर्खाहरुको निर्मम दमन गरेर धर्म, कर्म र भाषामाथि अतिक्रमण गरी हिन्दू राज्य बनाउने काम पृथ्वीनारायणल गरेको र यसबाट देशभित्र आफूहरुको भाषा, धर्म र संस्कृतमाथि प्रहार भइरहेको बताए । उनले गणतन्त्रका सरकारले पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिएर बहुभाषिक, बहुधार्मिक र बहुसँस्कृतिमाथि अपमान गरेको उनको भनाइ छ ।
भाैगाेलिक एकीकरण गर्दैमा राज्य एकीकरण हुन नसक्ने उनको तर्क छ । पृथ्वीनारायण शाहको औला ठट्याएको शालिकप्रति पनि उनले असहमत जनाएका छन् । राष्ट्रियता एकताका लागि एउटा औंला ठट्याएको काल्पनिक शालिक बनाएको आरोप लगाए । उनले संघीयता मोर्चा र धर्म निरपेक्षा मोर्चा गठन गर्ने बताउँदै एक आङकाजीलाई थन्दा हजारौं आङकाजी जन्मिएको बताए ।
सरकारले दमन र अभिव्यक्ति स्वतन्त्रमाथि दमन गरिए आगामी दिनमा आन्दोलन छेड्ने चेतावनी दिए । गणतन्त्र, धर्म निरपेक्षा र संघीयतामाथि धावा बोल्ने भएमा मोर्चाले प्रतिवाद गर्ने उनले बताए । उनले मन्त्री बनेपछि ‘अति हिन्दूवादी’ चरित्र देखाएकाे भन्दै गृहमन्त्री लामिछाने र पुर्खाका ‘हत्यारा’ पृथ्वीनारायणको तस्बिरलाइ थुकेर जलाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार