घनश्याम भुसालद्वारा एकीकृत समाजवादीमा प्रवेश
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २१:४६:१४
२९ पुष, काठमाडौं । नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र बनेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
उनले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको स्वघोषणा गरे । एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको उनले बताए । उनलाइ अध्यक्ष नेपाल, नेता झलनाथ खनाल लगायतले स्वागत गरेका थिए ।
भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार उठेका थिए । तर एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भए । त्यसपछि उनी गुमनाम जस्तै बने ।
यसअघि एकीकृत समाजवादीमा प्रवेशका लागि उनले ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी शुक्रबार पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा उनले तत्कालीन नेकपा विभाजनका कारक एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारी चरित्र रहेको बताए । एकीकृत समाजवादीमा रहेर त्यस व्यक्तिवादी चरित्रलाई थप मेटाउँदै देश र जनताको पक्षमा भूमिका खेल्ने बताए ।
ओलीकै कारण पार्टी सिद्धान्त र पार्टी संगठन संकटमा परेको भन्दै बहुदलीय जनवादकै हुर्मत लिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार