साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक महत्वपूर्ण
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २३:९:४६
२९ पुष, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीकाे आयाेजना गरेकाे दुई दिने साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न भएकाे छ ।
नेपाल प्रहरी र KOICA ( कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी) को संयुक्त आयोजनामा संचालन भएको गोष्ठी समापनको अवसरमा आयोजित कार्यक्रममा साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले धन्यवाद ज्ञापन गर्दै गोष्ठीमा भएको छलफल तथा अन्तरक्रियाले साइबर अपराध अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण ज्ञान हासिल गर्ने बताएका छन्। गोष्ठीमा भएका सैदान्तिक अभ्यासलाई व्यवहारमा लागू गर्न सके अझै फलदायी हुने अपेक्षा राख्दै आगामी दिनहरूमा समेत यस्ता गोष्ठीलाई निरन्तरता दिनुपर्ने उनले उल्लेख गरेका हुन ।
उक्त अवसरमा KOICA नेपालका प्रोजेक्ट मेनेजर प्रो. गिबुम किमले सहभागीहरूबीच छलफल र सक्रिय सहभागीताले गोष्ठी फलदायी भएको चर्चा गरे । नेपाल प्रहरीलाई साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको क्षमता अभिवृद्धिमा आफ्नो टिमको निरन्तर सहयोग रहने उनले बताए ।
गोष्ठीमा कोरियास्थित विश्वविद्यालयका प्रोफेसरहरूले फौजदारी न्यायको परिचय र कोरियामा अभियोजनकर्ताहरूको भूमिका, साइबर अपराधमा अन्तर्राष्ट्रिय कानुनी रूपरेखा, क्लाउड डाटा र क्षेत्राधिकारमा ट्रान्सबोर्डर पहुँच, डिजिटल फोरेन्सिकमा कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षा खतराहरू र प्रहरीको प्रतिक्रिया लगायतका विषयमा दुई दिनसम्म प्रशिक्षण प्रदान गरेका थिए ।
मानवअधिकार, डिजिटल फरेन्सिक एन्ड इन्टरनेशनल कन्भेन्सन सम्बन्धि जानकारी प्रदान गरी साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमतालाई सुदृढ गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा प्इक्ष्ऋब् नेपालका प्रतिनिधिहरू, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, साइबर व्यूरो, सूचना प्रविधि निर्देशनालय, डिजिटल फरेन्सिक ल्याब र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार