प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई विश्वासको मत
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २३:७:२८
२९ पुष, विराटनगर । नेकपा (एमाले)बाट प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।
शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् ।
नेपाली कांग्रेसको २८ र एकीकृत समाजवादी पार्टीको चार गरी ३२ जनाले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन् । माओवादी केन्द्रबाट सभामुख पदमा निर्वाचित भएका बाबुराम गौतमले मत हालेनन् ।
मुख्यमन्त्री कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिनु अगि माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गा चापागाई तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई नियुक्त गरेका छन् ।
नवनियुक्त तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइएको छैन । पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विना विभागीय नै राखेका छन् ।
यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार