विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार २०:४७:२१
१ माघ, काठमाडौं । आइतबार बिहान भएको पोखरा विमान दुर्घटनाको जाँचबुझ गर्न सरकारले ५ सदस्यीय आयाेग समिति गठन गरेको छ ।
दुर्घटनापछि प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आयाेग गठन गरेको हो । बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री जिष्णु पौडेलले जानकारी दिए ।
घिमिरे संयोजक रहेकाे आयाेगमा हवाई विज्ञ पूर्वउपरथी दीपक प्रसाद वास्तोला, हवाई विज्ञ सनिलविक्रम थापा अवकाशप्राप्त क्याप्टेन, हवाई मेन्टिनेन्सविज्ञ टेकराजजंग थापा सदस्य र आयोग सदस्य सचिव पर्यटन सचिव बुद्धिसागर लामिछाने रहेका छन् । आयाेगलाई प्रतिवेदन तयार पर्ने समय ४५ दिन दिएको छ ।
काठमाडौंबाट उडेको २० मिनेटमा विमान दुर्घटनामा परेको थियो । विमानन ५३ नेपाली, १५ विदेशी यात्रु, चालक दलका ४ जनासहित ७२ जना सवार थिए ।
दुर्घटनामा परेका विमान क्षतिग्रष्त भएकाे छ । विमानमा भएकाे आगलागी दमकलकाे सहायतामा आगाे निभाएकाे थियाे । अवशेष संकलन जारी छ । निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड पाेखरा जाँदैछन् ।
यस्तै बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । यति एयरलाइन्स प्रालिकाे ९एन-एएनसी विमान बिहान खसेकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
माघ १, २०८१ मंगलबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार