विमान दुर्घटना : मृत्यु भएकाको शव पाेष्टमार्टमपछि सनाखत थालियाे, ५ जनाकाे सनाखत
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार २१:४६:६
१ माघ, पोखरा । आइतबार यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शवको पोष्टमार्टमपछि सनाखतको काम सुरु भएको छ ।
विमान दुरर्घटनामा मृत्यु भएकाहरुको शव दुर्घटनास्थलबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।
विमानमा रहेका यात्रुको शव आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्याएको छ । दुर्घटनास्थल सेती खोंचमा ३४ वटा भेटिएको र असपताल सनाखतका लागि लैजाने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । शव धेरैजसाे नचिनिने अवस्थामा रहेकाे जनाइएकाे छ ।
मृतकमध्ये ५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको हाे ।
शव पहिचानका लागि मृतकका आफन्तहरु पाेष्टमार्टम भवन बाहिर जम्मा भएका छन् । विमान चार ज्ना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
ज्यान गुमाएका परिवारका सदस्यहरु शोकमा डुबेका छन् । आफन्तको मृत्युले उनीहरु बोल्न समेत सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
माघ १, २०८१ मंगलबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार