अदानचुलीले पायो नयाँ प्रशासकीय अधिकृत
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २३:५७:४९
२ माघ, सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । पालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा यहाँ दुई जना प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।
विवादकै बीचमा नयाँ प्रशासकीय अधिकृत आएपछि समस्य हल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानमा कार्यरत नायब सुब्बा नवराज गिरीलाई नियुक्त गरी पठाएको छ। गिरीले पुस २९ गते आर्थिक अधिकारसहित जिम्मेवारी पाएका हुन् ।
गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाका आआफ्नै अडानका कारण गाउँपालिकाको कामकाज लामो समयदेखि प्रभावित बनेको थियो । स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अदानचुलीमा दुई प्रशासकीय अधिकृत थिए । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको काम प्रभावित भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् । रिक्त पदमा गाउँपालिका अध्यक्ष सिंहले आफूनिकट मेगनाथ शाही र उपाध्यक्ष रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका थिए ।
अध्यक्ष र उपाध्यक्षको टकरावका कारण गाउँपालिकाको काम प्रभावित भएका समाचारहरू न्युज कारखानाबाट लगातार प्रकाशित भएपछि मन्त्रालयले नयाँ कार्यकारी नियुक्त गरी पठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार