सुर्खेतमा क्रसर उद्योगको अटेरीपन, दिनमा बन्द गरेजस्तो रातिमा धमाधम सञ्चालन
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १७:३:०
♦ हेमन्त केसी
३ माघ, सुर्खेत । सुर्खेतमा इजाजत विनानै क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ । पटक , पटक बन्द गर्न आग्रह गर्दा पनि अटेरी गरेको पालिकाले जनाएका छन् ।
लेकवेशी नगरपालिका १, ८ र ९ मा तीन वटा क्रसर उद्योग अवैध रूपमा सञ्चालन गरिएको पाइएको छ । अनुमगनपछि मापदण्डविपरीत सञ्चालन भएका तथ्य सार्वजानिक भएको हो ।
वडा नं १ मा सञ्चालित भेरी बालुवा प्रशोधन उद्योग , वडा नं ८ मा रहेको पञ्चकोशी बालुवा प्रशोधन उद्योग र वडा नं ९ मा रहेको देउती बालुवा प्रशोधन उद्योगको अनुमगनपछि अबैध भएको तथ्य सार्वजानिक भएको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताए ।
उद्योगहरूलाई अघिल्लो पटक पनि अनुगमन गरी बन्द गर्न भनिएको भएपनि अटेर गर्दै आएको उनले बताए । सुर्खेतमा ११ वटा इजाजत विनै सञ्चालनमा आएका उद्योगहरू रहेको पाइएको छ । अघिल्ला वर्षहरूमा कारबाहीको सिफारिसमा परेका र दर्ता भएका उद्योगहरूको विवरणको खोजीमा समन्वय समिति लागेको सुनारले जनाए ।
लेकवेशीमा भने नगरपालिकाले पटक–पटक सचेत गर्दासमेत क्रसर उद्योगहरूले अटेरी गरेको नगर प्रमुख उमेशकुमार पौडेल बताए । दिनमा उद्योग बन्द गरेजस्तो गर्ने र रातीमा सञ्चालन गर्ने गरिएको भन्दै पौडेलले प्रशासनलाई यसबारे धेरै पटक जानकारी गराइएको बताए । पालिकासँग अनुगमन तथा नियमनको उचित किसिमको संयन्त्र नहुदा कारबाही प्रक्रिया अघि बढाउनसमेत चुनौती रहेको उनको भनाइ छ ।
लेकवेशीमा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका उद्योगहरूले रातीको समयमा ढुङ्गा, गिट्टीहरूको लुकीछिपी उत्खनन् तथा प्रशोधन गरिरहेको नगरपालिकाले जनाएको छ ।
बराहताल गाउँपालिका –२ थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजत विनै सञ्चालनमा रहेका छन् । अवैध उद्योगको सञ्चालनले कटान क्षेत्र भेरी नदी किनारको बस्ती थप जोखिममा छ । नियमविपरीत सञ्चालनमा आएका उद्योग बन्द गर्न भनिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए ।
इजाजत नलिएर चलाएका उद्योगलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । जिल्लाभर अवैध तरिकाले सञ्चालनमा रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने र अनुगमनको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ । आधिकारिक उद्योग सञ्चालक अनुगमनको क्रममा नभेटिएकाले सम्पर्कमा ल्याउनका लागि आवश्यक प्रक्रियाको थालनी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार