वर्षामान पुनको कलेजो प्रत्यरोपण गरिने
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार १८:४०:५
४ माघ, ललितपुर । नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को कलेजो प्रत्योपण गरिने भएको छ ।
जन्डिस बिग्रेर लामो समयदेखि स्वास्थ्यमा समस्या बल्झिँदै आएपछि उनको कलेजो प्रत्यारोपण गरिने भएको हो ।
पछिल्लो पटक गृह जिल्लो रोल्पा पुग्दा उनको स्वास्थ्यमा गम्भीर समस्या आएको थियो । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठभमाडौं ल्याइएको थियो ।
काठमाडौं ल्याएपछि उनलाई ललितयुरको सुमेरु अस्पतालमा (निजी)मा राखेर उपचार गराइरहेका छन् ।
पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्राडा युवराज शर्माले पुनको कलेजोले ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको र प्रत्यारोपण मात्र विकल्प रहेको बताए । केही हप्तामै कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिएको उनले बताए ।
अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो । कलेजोमा समस्या आउँदा पेटमा पानी जम्ने र पेट फुल्ने साथै शरीर सुनिने लक्षण देखा परेको छ ।
पुनलाई अस्पतालमै पुगेर उपराष्ट्रपनि नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड लगायत नेताहरुले भेट गरेर स्वस्थ्यलाभको कामना गरेका छन् ।
कलेजो आफै विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै बिरामीको पेटमा आफैं विकसित हुन्छ र करिव छ महिनामा झण्डै ९० प्रतिशत विकास भइसक्ने चिकित्सकले बताए । कलेजो प्रत्यारोपण गरिएको बिरामीले पूर्ववत् अवस्थामा जीवन चलाउन सक्ने बताए ।
पुन यसअघि भारत, थाइल्याण्ड, चीन गएर उपचार गरेर फर्केका हुन् । तर पटकपटक समस्या दोहोरिँदै आएको छ । पुन राेल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार