नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार १९:४४:३२
४ माघ, काठमाडौं । सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ ।
सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवं वर्तमानका गतिविधिको झलक प्रस्तुत गरिने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
उक्त प्रदर्शनीमा फोटोसहित, हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अङ्ग, शान्ति मिसनमा नेपाली सेनाको सहभागितासम्बन्धीका गतिविधि समावेश हुने जनाइएको छ ।
यस्तै, सैनिक ब्याण्ड, विशेष फौज, एकीकरण पदमार्ग, घोडचडी, सैनिक पोसाक र उपकरण, तथा निकुञ्ज सुरक्षासम्बन्धी पनि प्रदर्शनी गरिने जनाइएको छ । नेपाली सेनाले उक्त निःशुल्क प्रदर्शनीमा इच्छुक व्यक्तिलाई सहभागिताका लागि आग्रह गरेको छ । प्रदर्शनी माघ ६ गतेबाट ९ गते बिहान १० देखि साँझ ५ बजेसम्म हुने निर्देशनालयले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार