सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेशविरुद्ध उच्च सरकारी वकिल सर्वोच्च जाने
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार २०:३६:२२
४ माघ, काठमाडौं । नाबालिग बलात्कारको कसुर मुद्दामा कारागारमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
उच्च अदालत पाटनले गएको बिहीबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् । आदेशमा लामिछानेलाई थुनामा राख्नैपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख छ ।
बलात्कार कसुरमा अभियोजन पत्रसहित काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा जिल्ला अदालतले थुनामा राख्न आदेश दिएकामा त्यसविरुद्ध लामिछानेले वारेसनामामार्फत उच्च अदालत पाटनमा रिट हालेका थिए । त्यस रिटमा उच्च अदालत पाटनका न्यायाधीश धुवराज नन्द र रमेश ढकालको इजलासले गत बिहीबार रिट जारी गर्दै विभिन्न सर्तसहित धरौटीमा रिहा गर्न आदेश दियो । बिहीबारको आदेश औपचारिक रूपमा मंगलबार मात्र उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको थियो ।
सोही आदेश बदर गर्न माग गर्दै उच्च सरकारी वकिलको कार्यालय सर्वोच्चमा रिट निवेदन दायर गर्न जाने भएको हो ।
उच्चको उक्त आदेश कानुन र सर्वोच्चले गरेका व्याख्यासँग बाझिएको भन्दै आदेश बदर गरी अभियुक्त छामिछानेलाई सर्वोच्च जाने तयारी गरेको पाटन उच्च सरकारी वकिल स्रोतले जनायाे ।
आदेश प्राकृतिक न्यायको सिद्धान्त र व्याख्याभन्दा व्यवहारिक पक्षको व्याख्यामा आएको भन्दै टिकाटिप्पणी भइरहेको छ । गत भदौ ५ गते राति काठमाडौंको पिंगलास्थानस्थित होटल इनमा नुवकोटकी एक नाबालिकालाई बलात्कार गरेको आरोपमा लामिछानेलाई असोज २० गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार