पाेखरा विमान दुर्घटनामा हराइरहेका २ मध्ये १ जनाको शव भेटियो
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार २२:५९:३०
४ माघ, काठमाडौं । यही आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्स कम्पनीको विमान दुर्घटनामा हराइरहेका २ जनामध्ये एकजनाको शव भेटिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली हराइरहेका शवको खोजतलासका क्रममा एक जनाको शव फेला परेको हो ।
शव फेला परेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै बुत्रबार फेला परेको शवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा बुझाइएको जनाएको छ ।
प्राधिकरणको खोज तथा समन्वयको बुधबार जारी ११औं विज्ञप्तिमा जनाइएअनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७१ पुगेको छ । विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । सवार सबै जनाको निधन भएको छ । हराइरहेका एक जनाको खोजी कार्य जारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यतिको ९एन एएनसी विमान आइतबार बिहाट काठमाडौं पोखराका लागि उडेको थियो । पोखरा विमानस्थल नजिकै पुगेर सेती नदीको खोंचमा विमान खसेर आगलागी हुँदा विमान पूर्णरुपमा ध्वस्त भएको थियो । मृतकमध्ये १५ जना विदेशी नागरिक छन् । सबैभन्दा बढी भारतका ५ जना परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
माघ १, २०८१ मंगलबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार