आजदेखि रुपन्देही जल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागु
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १९:१८:११
५ माघ, भैरहवा । रुपन्देही जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्यौल हटाउन उक्त कार्ड लागू गरिएको हो ।
सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड लागू गरिएको छ ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको उनले बताए । “यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौंँ, तर यसले कति घण्टा प्रतिक्षा गर्नुपर्ने भन्ने सेवाग्राहीमा अन्र्यौल थियो ।” सूचना अधिकारी अर्यालले भने “टाईम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउँछ र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्छ ।”
उनका अनुसार कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाउने समय र कोठा नम्बर उल्लेख हुन्छ । नयाँ नागरिकताको हकमा प्रमाण पु¥याएर १२ बजेभित्र पेस गर्ने निवेदकलाई १ बजे भित्र र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पेस गर्ने निवेदकलाई ४ बजेभित्र नागरिकता प्रदान गरिन्छ ।
नागरिकताको प्रतिलिपिको हकमा प्रमाण पु¥याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको एक घण्टाभित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि एक घण्टाभित्रै सेवा पाउने सूचना अधिकारी अर्यालको भनाइ थियो । ई–पासपोर्टको लागि आउने सेवाग्राहीले प्रि–ईनरोलमेन्टको फारम भरेर आए तोकिएकै दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण हुनेछ ।
जिल्लाको सुशासन अभिवृद्धि, विकास र समृद्धिका कार्यालय लागि परेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । “यसका लागि प्रमाण पु¥याई सेवा लिन पेस भएका निवेदनमा सेवा सोही दिनमै सेवा दिने गरिएको छ ।” उनले भने, “यसलाई अझै सहज बनाउन आजदेखि टाईमकार्ड लागू गरेका हाँै, यसले सेवाग्राहीमा समयको सुनिश्चतताको साथै सेवा प्रतिको विश्वसनियता बढ्ने अपेक्षा राखेका छौँ ।”
प्रजिअ पाण्डेले सेवाग्राहीका लागि टाईमकार्ड लागू गरे पनि गर्भवती महिला, अपाङ्ता भएका व्यक्ति र जेष्ठ नागरिकलाई भने टाईम कार्ड नचाहिने बताए । उनले यस्ता सेवाग्राहीको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने स्पष्ट पारे । उक्त कार्यालयमा दैनिक एक सय बढी नयाँ नागरिकता, ८०भन्दा बढी प्रतिलिपि, दुई सय जना भन्दाबढीको राष्ट्रिय परिचय पत्र बन्ने गरेको र दुई सय ५० भन्दाबढी ई–पासपोर्ट बन्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन ?
जेठ ७, २०८१ सोमबार