सादा पोशाकमा प्रहरी परिचालनबारे मापदण्ड बनाइने
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १९:५:२०
६ माघ, काठमाडौं । गृह मन्त्रालयले सादा पोशाकमा प्रहरी परिचालन गर्न मापदण्ड बनाउने भएको छ ।
यसनिम्ति प्रहरीका प्रवक्ता प्रहरी नयाब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईको नेतृत्वमा बनेको सादा पोशाकका प्रहरी परिचालन सम्बन्धी मापदण्ड बनाउन अध्ययन कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनले सादा पोशाकमा खटाइएका प्रहरीबाट गैरव्यवसायिक गतिविधि बढेको र बढीमा चार वर्षसम्म मात्र राख्न सुझाइएको छ । हाल प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालयले आश्यकता अनुसार आफैं सादा पोशाकमा प्रहरी परिचालन गर्दै आएको छ ।
यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीसँग घुमुवा प्रहरीको विवरण मागे पनि हालसम्म प्रहरी प्रधान कार्यालय, नक्सालले बुझाएको छैन । मन्त्रालयले १८ पुसको मन्त्रीस्तरीय निर्णय भन्दै घुमुवा प्रहरीको विवरण उपलब्ध गराउन भनेको थियो । प्रहरी प्रधान कार्यालयबाट घुमुवा प्रहरीको विवरण पेश गर्न ढिलाई गरेको हो ।
अपराध अनुसन्धान र नियन्त्रणका लागि गोप्य सूचना संकलन गर्ने उद्देश्यले प्रहरीका विभिन्न युनिटमा सादा पोशाकका प्रहरी (घुमुवा) परिचालन गर्ने गरिन्छ ।
तर, लामो समयदेखि एउटै प्रहरीलाई सादा पोशाकमा राखेर सूचना संकलनमा खटाउँदा बढी मात्रामा हप्ता असूलीमा सक्रिय गराइएको भन्दै आलोचन हुँदै आएको छ । तर, घुमुवा प्रहरी उद्देश्य अनुरुपको काममा परिचालन हुन सकेको गृहको निस्कर्ष छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार