गृहमन्त्रीकाे विरोधमा जनकपुरमा प्रदर्शन
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार २०:४८:५७
९ माघ, जनकपुरधाम । जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्यालाई लिएर स्थानीयले गृहमन्त्रीको विरोधमा प्रदर्शन गरेका छन आन्दोलित भएका छन् ।
आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका–९ पिडारी चोकमा प्रदर्शन गरी चक्का गर्दै गृहमन्त्री रबि लामिछानेकाे राजीनामाकाे माग गरेका हुन् । प्रहरी प्रशासनको कमजोरी र लापरवाहीले युवकद्वयको हत्या भएको उनीहरुको आरोप छ ।
उनीहरुले जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्याका फरार हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरे ।
पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि हत्या घटनापछि प्रहरीले झुटो बोलेर घटनालाई मोड्न खोजेको आरोप लगाए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २२ वर्षीय छोरा रोहित र वडा नम्बर(१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको भारतको बिहार राज्यस्थित परिहार पर्सा गाउँमा हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए ।
दुईसाता अघि दुवैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका बेला अपहरणमा परेका थिए ।
बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो । हत्यामा संलग्नताको आरोपमा प्रहरीले अहिलेसम्म नेपाल र भारतका गरी ९ जनालाई पक्राउ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार