सम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार २२:३४:७
१० माघ, काठमाडौं । ‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला भएको छ । आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
‘बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘सम्मान मिस लिम्बू–२०७९’का लागि नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, युके र हङकङमा पनि अडिसन हुने आयोजकले जनाएको छ ।
लिम्बू समुदायको बसोबास रहेको स्थानलाई मध्येनजर गर्दै हङकङ, युके र भारतको सिक्किम र दार्जिलिङमा पनि अडिसन लिने भएको आयोजक संस्थाका अध्यक्ष एवं गायक भिम लिम्बूले जानकारी दिए ।
उनका अनुसार नेपालको काठमाडौंमा फागुन ६ गते र धरानमा माघ २८ गते अडिसन हुने भएको छ । तर, सिक्किम, दार्जिलिङ, युके र हङकङमा भने आवेदन दिनेको संख्या हेरेर अडिसनको मिति तय गरिने आयोजकले जनाएको छ । ती सबै स्थानबाट प्रतियोगितामा ३० जना युवतीलाई फाइलनका लागि छनोट गरिने आयोजकले जनाएको छ ।
‘मिस लिम्बू’मा पाटिसिपेन्ट हुनका लागि आयोजकले केही निश्चित मापदण्ड तोकेको छ । कार्यक्रमका संसोजक तथा गायक रुकमान लिम्बूका अनुसार प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उतिर्ण १७ देखि २६ वर्ष नकटेका लिम्बू समुदायका अविवाहित हुनुपर्ने छ ।
आयोजकले जानकारी गराएअनुसार ‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएका छन् । साथै, उनीहरुलाई पूर्वमिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङm डिबी आङबुङलगायतले व्यक्तित्व विकासबारे गु्रमिङ कक्षा दिनेछन् ।
यस्तै, प्रतियोगितामा विभिन्न १६ वटा सवटाइटल रहने संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ ।
यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफ विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, ‘मिस लिम्बू’को शीर्ष विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधै प्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष भिम लिम्बूको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, समाजसेवी याङ्जोम शेर्पा, तेह्रथुमे ढाका कलेक्शनकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङ, पूर्वमिस लिम्बूहरुलगायतको उपस्थिति थियो। कार्यक्रमलाई मिडिया प्रतियोगिताका ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पे्रक्षालयमा चैत ११ गते हुने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार