भारतीय प्रवासी दिवसमा अमित कुमार चौधरी नेपालको नाम प्रथम स्थानमा ल्याउन सफल
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार १९:२८:१२
१२ माघ, बीरगन्ज । भारतको ईन्दौरमा भएको भारतीय प्रवासी दिवसको अवसरमा बीरगन्जका युवा अमित कुमार चौधरीले नेपालको नाम प्रथम स्थानमा ल्याउन सफल भएको छ । अमित कुमार चौधरीका बुबा ओमप्रकाश चौधरी बिरगंज निवासी हुन उहाको घण्टाघर बसपार्क जाने बाटोमा चौधरी टायर पसल रहेको छ ।
भारतको इन्दौर सहरमा दिनांक ८,९ र १० जनवरीमा सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान र विदेश मन्त्री एस जयशंकरको नेतृत्वमा आयोजित भारतीय प्रवासी दिवसमा अमित चौधरीले आफ्नो नाम चर्चीत बनाएको छ । विश्व प्रवासी दिवसको अवसरमा नेपालको प्रतिनिधिको रुपमा चौधरीलेसहभागिता जनाएका थिए । यस सम्मेलनमा विश्व भरीका ७० देशका विदेशी भारतीयहरूले पनि भाग लिएका थिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको सहयोग र मार्गदर्शनमा अमित चौधरीले यो अवसर पाएका हुन् । अमित चौधरी वीरगन्ज राउण्ड टेबल १३ नम्बरका चार्टर्ड सेक्रेटरी र काठमाडौं लायन्स क्लब समर्पणका प्रथम उपाध्यक्ष पनि रहेका छन । कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, मध्य प्रदेशका मुख्यमन्त्रि शिवराज सिंह चौहान र विदेश मन्त्री जयशंकरको उपस्थिती मा प्रवासी भारतीय दिवस का उद्धघाटन गरिएको थियो ।
नेपालको लागि भारतका एम्बेसेडर नविन श्रीवस्तवको मार्गदर्शनले चौधरीलाई यो अवसर प्राप्त भएको छ भारतीय प्रवासी श्रोतले नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउन मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई नेपाल भ्रमणको निम्तो’ बीरगंज– सदिऔं देखी चली आएको नेपाल–भारतको बेटीरोटीको सम्बन्धलाई थप सुमधुर र मजबुत बनाउन भारतका मध्य प्रदेश राज्यका मुख्यमन्त्री शिवराज चौहानलाई नेपाल भ्रमणको निम्तो दिईएको छ ।
मध्य प्रदेशको राजधानी इन्दौर सहरमा जनवरी ७ देखि ११ सम्म सञ्चालित १७ औं प्रवासी भारतीय विश्व सम्मेलनमा सहभागिता जनाउन पुगेका बीरगन्ज निवासी अमित चौधरीले मुख्यमन्त्री चौहानलाई नेपाल भ्रमणको निम्तो दिएका हुन ।मुख्यमन्त्री चौहानलाई नेपालको जनकपुर र लुम्बिनी भ्रमणको निम्तो आफुले भेटवार्ताको क्रममा दिएको हाल स्वदेश बीरगन्ज फर्किएका चौधरीले जानकारी दिए । भेटवार्ताकै क्रममा चौहानले आफू पशुपतिनाथको दर्शन गर्न नेपाल आउन इच्छुक रहेको चौहानलाई उद्धृत गर्दै चौधरीले जानकारी दिए ।
‘करीब १५ मिनेटको भेटवार्तामा चौहानले नेपाल र भारत बीच परापूर्वकाल देखिको रोटीबेटीको सम्बन्ध रहेको बताए । चौधरीले भने, ‘चौहानले आफू पशुपतिनाथको दर्शन गर्न र नेपाल घुम्न छिट्टै नेपाल आउने तयारीमा रहेको पनि बताउनु भयो ।’ भेटवार्ताकै क्रममा मुख्यमन्त्री चौहानले नेपाल र नेपालीको उत्तरोत्तर प्रगतीको शुभकामना समेत दिएको बीरगंन्जका युवा चौधरीले जानकारी दिए । आफूले चौहानलाई नेपाल भ्रमणको क्रममा जनकपुर र लुम्बिनीको भ्रमण गर्न पनि सुझाव दिएको चौधरीले बताए ।
नेपालको आर्थिक अवस्था सुधार गर्न र यहाको बेरोजगारी समस्या हल गर्न भारतसंगको सम्बन्ध थप मजबुत बनाउनु पर्नेमा चौधरीको जोड थियो । ‘सम्बन्धले नै एक अर्कासंग जोडने वातावरण बनाउछ,’ उनले भने, ‘यसले नेपालको विकासमा समेत ठुलो मद्दत पुग्ने छ ।’ भारतसंग नजिक बनाउन र सम्बन्धन सुधार गर्न प्रवासी भारतिय विश्व सम्मेलनलाई आफुहरुले अवसरको रुपमा लिएको चौधरीले जानकारी दिए ।
बीरगन्ज स्थाई घर भएका तथा काठमाडौं लायन्स क्लव अफ समर्पणका फस्र्ट भाइस प्रेसिडेन्ट र बीरगन्ज युथ राउण्ड टेबल नम्बर १३ का चार्टड सेक्रेटरी समेत रहेका युवा अगुवा चौधरीको नेतृत्वमा रवि पन्सारी, अजय सरावगी सहितको ५ सदस्यिय नेपाली टोली उक्त सम्मेलनमा सहभागी भएर स्वदेश फर्किको हो । काठमाडौंस्थित भारतीय दुतावासको समन्वयमा आफूहरु उक्त सम्मेलनमा सहभागी भएको चौधरीले बताए ।
सम्मेलन अत्यन्त उपलब्धि मुलक रहेको तथा बिभिन्न देशका सहभागीहरुले नेपालबारे गम्भीर चा“सो देखाएको चौधरीले बताए । आफूले उनीहरुलाई कम्तीमा एक पटक नेपाल भ्रमण गर्नै पर्ने मुलुक रहेको बताउदै नेपाल भ्रमणको निम्तो पनि दिएको चौधरीको भनाई छ । नेपाल सहित ७० देशका प्रतिनिधिहरुको सहभागीता रहेको सम्मेलन समारोहको प्रमुख अतिथि भारतकी राष्ट्रपति द्रौपदी मुरमु तथा अन्य विशिष्ट अतिथिहरुमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री जयशंकर, मध्य प्रदेशका मुख्य मन्त्री चँैहान लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार