किस्ट र ग्राण्ड बैंक झैं टाट पल्टने लाइनमा प्रभु बैंक, खराब कर्जा बढ्दै ! सीईओ शेरचन नालायक सावित
आर्थिक संवाददाता
माघ १३, २०७९ शुक्रबार १७:५१:१४
१३ माघ, काठमाडौं । ‘ग’ वर्गको सामान्य वित्तीय संस्था अर्थात फाइनान्सबाट कारोबार शुरु गरी विभिन्न टाट पल्टेका बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने प्रक्रिया पुरा गर्दै हाल ‘क’ वर्गको बाणिज्य बैंक बन्न पुगेको प्रभु बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण निराशाजनक निकालेको छ । खराब कर्जा बृद्धि हुँदै जानु बैंकको लागि प्रमुख समस्या देखिँदा अन्य थुप्रै समस्याहरु देखिँदै आएका छन् । सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपश्चात बैंकको वासलातको आकार ठूलो देखिएपनि बैंकको अवस्था भने झन् झन् कमजोर बन्दै गएको छ ।
तत्कालीन ग्राण्ड बैंक र किष्ट बैंकसँग मर्जर पश्चात आकाशिएको बैंकको खराब कर्जा केही समय अघिसम्म बैंकले घटाउँदै लगेको देखिएको थियो तर अहिले खराब कर्जा वृद्धि हेर्दा बैंक फेरी त्यहीँ बाटोमा हिडेको त हैन भनेर प्रश्न उठ्न थालेको छ । किस्ट र ग्राण्ड बैंक वाणिज्य बैंक हुँदाहुँदै पनि खराब कर्जाको कारणले प्रभुमा मर्ज भएर विलय जस्तै भएका थिए ।
सोचे अनुसार मुनाफा गर्न नसक्नु र निकै कम प्रतिशेयर आम्दानीको कारणले गर्दा बैंक दिन प्रतिदिन कमजोर बन्दै गएको प्रस्ट हुन्छ । एक वर्षको अवधिमा बैंकको प्रतिशेयर आम्दानी करिब आधाले घटेको छ।
त्यस्तै बैंकलाई नियामकीय निर्देशन बमोजिम थोरै महिना भित्र नै स्प्रेडदर घटाउनु पर्ने दबाब छ । स्प्रेडदर घटाउनु पर्दा बैंकलाई मुनाफामा असर पर्ने सम्भावना ठूलो छ । समग्र प्रणालीमा तरलता बढे पनि बैंकको हकमा सीडी रेसियो टाइट हुँदा बैंकलाई थप कर्जा प्रवाह गर्न र व्यवसाय विस्तार गर्न समस्या पर्ने प्रष्ट देखिन्छ ।
प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला रहेका छन् । उनी राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन । राष्ट्र बैंकमा रहँदा इमान्दार छवि बनाएका सिटौला कडा मिजास र व्यवसायिक अधिकृतका रुपमा चिनिन्थे । अवकाशपछि सरकारी स्वामित्वको कृषि विकास बैंकमा एक कार्यकाल सीईओ रहेका उनी त्यहाँबाट अवकाश पछि प्रभु समुहको प्रतिनिधित्व गर्दै साविक प्रभु बैंकको अध्यक्ष बनेका हुन ।
त्यस्तै अन्य सञ्चालकहरुमा रमेश सिंह खडका, मनबहादुर राई, शंकरप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, अभिषेक बज्रार्चाय र स्वतन्त्र व्यवसायिक विज्ञ सञ्चालकमा प्रो. गिता प्रधान रहेका छन् । प्रो. प्रधान, बज्राचार्य र मनबहादुर राई भर्खरै सेञ्चुरी कर्मशियल बैंकबाट मर्ज प्राप्तिपछि समायोजन भएका हुन् । सेञ्चुरीमा अध्यक्ष रहेका राजेशकुमार श्रेष्ठ तथा सञ्चालकहरु रमेशकुमार निरौला र रणबहादुर श्रेष्ठ भने बाहिरीएका छन् । सुनिल न्यौपानेले पहिल्यै राजीनामा दिएका थिए ।
२३ अर्ब माथि पूँजी भएको बैंकको वितरणयोग्य मुनाफा ३६ करोड मात्र हुनुले लगानीकर्तालाई हास्नु की रुनु बनाएको छ । प्रभु फाइनान्सदेखि नै बैंकको लगातार नेतृत्व गर्दै आएका बैंकका असफल सीईओ अशोक शेरचनलाई हिजो मात्र सञ्चालक समितिले थप चार बर्षका लागि कार्यकाल थप गर्नु आश्चर्यजनक भएको छ । राष्ट्र बैंकको नियमानुसार लगातार दुई कार्यकाल भन्दा बढी सीईओ बन्न नपाईने भएतापनि मर्जका नाममा यिनले पुन सीईओ बन्ने चान्स पाउँदै आएका छन् । तर उनको नेतृत्वमा बैंक भने निरन्तर घाटामा गईरहेको उसैले निकालेको वित्तीय विवरण हेर्दा प्रष्ट हुन्छ ।
प्रभु बैंकको उच्च व्यवस्थापनमा अशोक शेरचन प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा रहेका छन् । त्यस्तै वरिष्ठ डेपुटी सीईओमा मनोज न्यौपाने, अर्का डेपुटी सीईओमा मनिराम पोखरेल रहेका छन् । न्यौपाने यसअघि सेञ्चुरीको सीईओको रुपमा कार्यरत थिए । यसैगरी अन्य कर्मचारीहरुमा अनुपमा श्रेष्ठ मानन्धर, भोलाप्रसाद पाठक, निरज लम्साल, रेनुप्रसाद पाण्डे, दीपेश प्रधान, राजेश भण्डारी, रश्मी पन्त, लेखबहादुर पुन, रिवाज श्रेष्ठ, सुजन शाक्य र दिनेश थकाली कार्यरत छन् । तीमध्ये अनुपमा, दीपेश र राजेश भण्डारी भर्खरै मात्र सेञ्चुरीबाट समायोजन भएका हुन् ।
कसरी डामाडोल भयो दोश्रो त्रैमास ?
खुद मुनाफामा गिरावट:
बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार बैंकको खुद मुनाफा करिब ५ प्रतिशतले घटेको छ । गत आवको दोश्रो त्रैमाससम्म १ अर्ब २६ करोड मुनाफा कमाएको बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा भने जम्मा १ अर्ब १९ करोड खुद मुनाफा कमाएको छ ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७ वटा वाणिज्य बैंकले मात्र मुनाफा घटाएर रिपोर्ट प्रकाशन गरेकोमा प्रभु बैंक पनि सोही सूचीमा परेको छ । यसरी हेर्दा बैंक औसत भन्दा धेरै कमजोर भएको छ ।
संचालन मुनाफा पनि घट्यो :
संचालन मुनाफा १२ दशमलव ५२ प्रतिशतले घट्दै १ अर्ब ६३ करोड पुगेको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म संचालन मुनाफा १ अर्ब ८६ करोड थियो ।
खराब कर्जा २ प्रतिशत नजिक :
ग्राण्ड बैंक र किष्ट बैंकसँग मर्जर गरेपश्चात केही समय आकाशिएको बैंकको खराब कर्जा बैंकले ठीक ठाउँमा ल्याएको थियो तर त्यो डाटा नक्कली रहेको त होइन भन्ने प्रश्न उब्जिएको छ । हाल बैंकको खराब कर्जा पुनस् वृद्धि हुन थालेको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ दशमलव २३ प्रतिशत रहेको खराब कर्जा चालू आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ दशमलव ९८ प्रतिशत पुगेको छ । खराब कर्जा वृद्धि हुनु बैंकको व्यवस्थापकीय नेतृत्वको कमजोरीको रुपमा हेरिन्छ ।
स्प्रेडदर घटाउने प्रेसरले मुनाफामा पर्न सक्छ प्रेसर !नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको हकमा २०७९ चैत्र महिनाबाट औसत ब्याजदर अन्तर वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र सो अन्तर २०८० असार महिनाबाट ४.० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्नु पर्नेछ । अहिले प्रभु बैंकको स्प्रेडदर (औसत ब्याजदर अन्तर) ४ दशमलव ३४ प्रतिशत छ । स्प्रेड घटाउनु पर्दा बैंकको मुनाफामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।
थप कर्जा प्रवाह गर्न समस्या :
अहिलेको वर्तमान अवस्थामा व्यापार विस्तारमा बैंकलाई केही समस्या हुने देखिन्छ । बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो_ ८८ दशमलव ३० प्रतिशत छ । जुन नियामकले तोकेको अधिकतम बिन्दु भन्दा थोरै मात्र तल हो । नियामकले बैंकको सीडी रेसियो अधिकतम ९० प्रतिशत तोकेकोमा बैंकको सीडी रेसियो ८८ दशमलव ३० प्रतिशत रहेको छ । अब बैंकलाई कर्जा प्रवाह गर्न थप निक्षेप संकलनमा केन्द्रित हुनुपर्ने देखिन्छ । सबै बैंकको समान व्याजदर भएको अवस्थामा बैंकलाई निक्षेप आकर्षित गर्न पनि फलामको चिउरा चपाउनु सरह नै हुने देखिन्छ।
प्रतिशेयर आम्दानीको अवस्था नाजुक :
बैंकको प्रतिशेयर आम्दानीको अवस्था नाजुक देखिएको छ । प्राप्ति प्रक्रिया पश्चात चुक्ता पूँजी वृद्धि र सोही अनुरुप मुनाफा आकर्षक नहुँदा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ १९ पैसा रहेको छ । वाणिज्य बैंकमा सबै भन्दा धेरै प्रतिशेयर आम्दानी भएको बैंकको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ छ। अब बैंक कति तल छ भन्ने कुरा यो तथ्यांकले प्रस्ट देखिन्छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १९ रुपैयाँ ८६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी अहिले ४८ प्रतिशतले घट्दै १० रुपैयाँ १९ पैसा पुगेको छ ।
वितरण योग्य मुनाफाको विजोग :
२३ अर्ब माथि चुक्ता पूँजी भएको बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म वितरण गर्न मिल्ने रकम जम्मा ३६ करोड रहेको छ। यसबाट लगानीकर्ताहरु थप निराश बनेका छन् ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
जेठ १०, २०८१ बिहिबार
गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
जेठ १०, २०८१ बिहिबार
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ
जेठ १०, २०८१ बिहिबार
ताइवानलाई घेरा हाल्दै चीनले गर्यो अहिलेसम्मकै ठूलो युद्ध अभ्यास
जेठ १०, २०८१ बिहिबार
एकीकृत समाजवादीले संसदको गतिरोध अन्त्य गर्न पहल गर्ने
जेठ १०, २०८१ बिहिबार
सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता
जेठ १०, २०८१ बिहिबार