सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी, प्रहरी मौन
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार १७:१३:४
♦ मुकेशकुमार यादव
१३ माघ, सिरहा । सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यलय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरुले आरोप लगाएका हुन् । डिभिजन वन कार्यालयको मातहतमा रहेका सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलोमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी गराउने गरेको स्थानीयहरु बताउँछन् ।
जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहको चोरपानेबाट दुई ट्याक्टरभन्दा बढी अवैध रुपमा तस्करहरुले फडानी गरी राखिएको अवस्थामा खयर जातको काठ बरामद गरेको वन कार्यालय लहानले जनाएको छ ।
ईन्द्रेणी सेवा समाजद्वारा संरक्षित ऐलानी पर्ती जमिनमा लगाइको खयरको रुख तस्करले कटान गरी लुकाएर राखेको अवस्थामा स्थानीयले जानकारी गराएपछि काठ नियणन्त्रनमा लिएको हो । यहाँका समुदायिक वनको काठ सव डिभिजन वन कर्मचारीको सेटिङमै अवैध रुपमा फडानी गरी चोरी निकासी हुने गरेको स्थानीय आन्नद कुमार सुनाउँछन् ।
उनले रुख फडानी भइरहेको विषयमा स्थानीयहरुले सव डिभिजन वन कार्यालयका कर्मचारीला पटक पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको गुनासो पोखे । काठ तस्करी रोक्न डिभिजन र सव डिभिजनका प्रमुखहरूलाई समेत जानकारी गराउँदा बेवास्ता गरेको उनको गुनासो छ ।
‘काठ तस्करी र नियन्त्रणमा न वनको सक्रियता देखाएको छ न प्रहरीले नै,’ उनले थपे, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फडानीबारे जानकारी गराउँदा वन कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न । वन र प्रहरीको मौनताले, काठ तस्करीमा उनीहरुको सेटिङ प्रष्ट देखिन्छन् ।’
खबर पाउना साथ डिभिजन वन कार्यालयको टोलीले शुक्रबार करिब ७० क्युविफिट काठ बरामद गरेको सिरहाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले जनाएको छ ।
बरामद काठ ल्याउने काम भइसकेको र फडानी गर्नेको परिचय पनि छिटै खुलिने अधिकृत मिश्रले बताए । अनुसन्धानकै क्रममा रहेकाले तत्काल सबै कुरा भन्न नसक्ने वन कार्यालय प्रमुख मिश्रले बताए।
यता, अवैध रुपमा काठ तस्करी गर्नेको नाम गोलबजार–३ कै दुःखी नामले परिचित ज्ञानकुमार साह रहेको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए । यसअघि पनि उनले खयरका रुखहरु काटेको विषयमा स्थानीयस्तरमा सचेत गराए पनि एकपटक वन कार्यालयको मिलोमतोमा जंगलको काठ फडानी गरी अवैध रुपमा चोरी तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् । यस विषयमा सव डिभिजन कार्यालय चोहर्वाका प्रमुख सत्य नारायण यादबसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार