उपचुनावमा लामिछानेको उम्मेदवारीबारे पनि उठ्यो प्रश्न ?
नेपालबहस संवाददाता
माघ १४, २०७९ शनिबार १६:३७:४७
१४ माघ, काठमाडौं । नागरिकताका कारण प्राप्त भएका सबै राजनीतिक पद गुमाएका रवि लामिछानेले नागरिकता प्राप्तिपछि पनि तत्कालै चुनाव लड्न सक्ने सम्भावना कम देखिएको छ । यसअघि मंसिर ४ मा सम्पन्न भएको नजिरलाई हेर्दा उनी उम्मेदवार बन्न किन नपाउने भन्ने प्रश्न उठेपनि कानुनअनुसार फाैजदारी अभियोग लागेको व्यक्ति निर्वाचन लड्न पाउँदैन् ।
गत चुनावमा भ्रष्टाचार र व्यक्ति हत्याको अभियोग खेपिरहेका दुईजना निर्वाचित भएका थिए । नेपाली कांग्रेसका निर्वाचित सांसद टेकबहादुर गुरुङ सांसदबाट निलम्बित भएका छन् । भ्रष्टाचारको मुद्दा खेप्दै आएका गुरुङ निलम्बनमा परेपछि संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । अर्का नेकपा एमालेबाट निर्वाचित लक्ष्मी महतो कोइरीको पद निलम्बन हुन बाँकी छ ।
उनीहरु दुवैलाई कसरी उम्मेदवार बनाइयो र सांसदमा निर्वाचित भए भन्ने विषय अहिले उठिरहेको छ । दुवैलाई संसदमा सहभागी नगराउन प्रशासनले पत्र काटिसकेको छ । एमाले सांसद कोइरीविरुद्ध हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ । गुरुङविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर मुद्दा विचाराधीन छ । रविको पनि पासपोर्ट सम्बन्धी फाैजदारी अभियोगको अनुसन्धान जारी छ ।
चितवन निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका लामिछानेको सांसद पद गएपछि निर्वाचन आयोगले चाँडै उक्त क्षेत्रमा निर्वाचन गराउने बताइसकेको छ । अहिले सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै झुटा विवरण दिएर राहदानी बनाएको आरोपमा उनीमाथि पुनः अनुसन्धान हुँदैछ । लामिछाने गृहमन्त्री बनेपछि उनको नागरिकता र राहदानीमाथि परेको उजुरीमा प्रहरीले गरिरहेको उजुरी अनुसन्धान रोकिएको थियो ।
धेरैले उनको नागरिकतासँगै झुटो विवरण पेस गरेर प्राप्त राहदानीबारे पनि सर्वोच्च अदालतको आदेश आउँछ भन्ने अपेक्षा गरेका थिए ।सर्वोच्च अदालतले आफ्नो संक्षिप्त आदेशमा लामिछानेको राहदानीका विषयमा केही कुरा बोलेको छैन । रिटको मुख्य विषय नै उनी नेपालको नागरिक नरहेकाले प्रतिनिधिसभा सदस्य बन्न अयोग्य रहेको भन्ने भएकाले राहदानीबारे नबोलेको हुनसक्ने कानुनविदहरूको भनाई छ ।
एकैपटक नेपाल र अमेरिकाको नागरिकता र राहदानी प्रयोग गरेको विषय फौजदारी कसुर मानिने भएकाले अनुसन्धान नटुंगिउन्जेल सार्वजनिक जिम्मेवारी लिन नमिल्ने कानुनी प्रावधान छ । यसअनुसार पनि रवि उम्मेदवार हुन योग्य हुने छैनन् । सफाइ नपाएसम्म लामिछानेको नैतिक धरातल समाप्त हुने मात्र होइन, कानुनी रूपमा पनि प्रश्न उठेको छ । अब त्यो नटुंगिएसम्म उनी पुन सांस्द बन्न योग्य रहँदैनन् ।
चुनावलगत्तै लामिछानेको नागरिकता र राहदानी विवादमा अनुसन्धान गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो । गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालय र उसले काठमाडौं प्रहरी परिसरलाई अनुसन्धानका लागि लेखी पठाएको थियो । त्योसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर लामिछाने गृहमन्त्री नियुक्त भएपछि उनीमाथिको अनुसन्धान रोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार