भन्सार प्रतिनिधि खरेलको गाडी चढ्ने रहस्य खुुल्दै: ईन्ट्री गरेको प्रज्ञापनपत्र नै डिलीट गरी राजश्व छलीको प्रयास
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार १७:४२:१०
१५ माघ, विराटनगर । लामो समयदेखि विराटनगर भन्सारमा भन्सार जाँचपासमा संलग्न हुँदै आएका भन्सार एजेन्टका भन्सार प्रतिनिधि र विराटनगर भन्सार कार्यालयका कर्मचारीको सेटिङ्गमा हुँदै आएका अबैध कामको भण्डाफोर भएको छ । भन्सार प्रतिनिधिसँगको सेटिङ्गमा भन्सार जाँचपासलाई प्रमाणीकरण गर्ने विराटनगर भन्सारका भन्सार प्रमुख ताराप्रसाद सापकोटासहितका तीन कर्मचारी छानविनका लागि भन्दै अर्थ मन्त्रालयले काठमाडौं तानेपछि त्यसको रहस्य पनि खुल्न पुगेको छ ।
नेपालबहसले निरन्तर दुई हप्तादेखि विराटनगर भन्सारका भन्सार एजेन्टका प्रतिनिधिहरुले गर्ने बैध र अबैध कामका विषयमा निरन्तर खबरदारी गर्दै आएको कुरालाई पछिल्लो घट्नाले विराटनगर भन्सारको राजश्व छली प्रकरणमा भन्सार प्रतिनिधि शरण खरेलको संलग्नता पुष्टि भएको छ । भन्सार प्रमुख ताराप्रसाद सापकोटासहित नासू हिमाल दाहाल र भन्सार अधिकृत नकुल शर्मा कारवाही प्रकरणले विराटनगर भन्सार भित्र हुने भन्सार प्रतिनिधिसँगको सेटिङ्गलाई छताछुल्ल बनाईदिएको छ ।
विराटनगर भन्सारमा भन्सार जाँचपासको काममा संलग्न बीरगन्ज भन्सारका भन्सार एजेन्टका प्रतिनिधि शरण (सन्तोष) खरेलले काठमाडौंको देव इन्टरनेशनलले चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान जाँचपास गर्ने क्रममा करोडौं राजश्व छली गरी सेटिङ्गमा सामान जाँचपास गराएको विषयमा तीन जना मध्ये नासु र अधिकृतलाई भन्सार विभाग र प्रमुख भन्सार अधिकृृत सापकोटालाई अर्थ मन्त्रालयमा कारवाही स्वरुप सरुवा गरिएको छ । अधिकृत शर्मा र नासु दाहाल गत बिहीवारदेखि नै भन्सार विभागमा हाजिर भईसकेका छन भने भन्सार प्रमुख ताराप्रसाद सापकोटा पनि अर्थ मन्त्रालय पुगिसकेको कुरा थाहा भएको छ ।
कार्यालय स्रोतका अनुसार देव इन्टरनेशनलले ७३ हजार डलर बराबरको जुत्ता र तयारी गार्मेन्ट चीनबाट आयात गरेको कुुरा बताइएको छ । आयातकर्ताले भन्सार प्रतिनिधि शरण (सन्तोष) खरेलमार्फत् यसको राजश्व ४५ लाख तिर्ने घोषणा गरेको थियो । उक्त सामग्री विराटनगर भन्सारको आईसीपीस्थित भन्सार कार्यालयको परिसरमा आईपुगेपछि देव इन्टरनेशनलका प्रतिनिधि एवं भन्सार प्रतिनिधि खरेलले भन्सार कार्यालयमा प्रज्ञापनपत्र दर्ता गराएका थिए । तर, दर्ता भएको प्रज्ञापनपत्र एकाएक रद्द गरि प्रज्ञापनपत्र सिस्टममा इन्ट्री लगत्तै प्रतिनिधि खरेलले डिलिट गराएका थिए ।
भन्सार प्रतिनिधि खरेलबाट भएको अबैध कामको सुईको पाएको विभागले तत्काल छानविन टोली विराटनगर पठाएको थियो । टोलीलाई प्रतिनिधि खरेलले मालसामान चीनबाट चलानी नै नभएको हुँदा प्रज्ञापनपत्र रद्द गरिएको भन्ने हलुका उत्तर दिएर उन्मुक्ति पाउने विश्वास गरेका थिए । तर भन्सार कार्यालयले रद्द गरिएको प्रज्ञापनपत्रमा घोषणा गरिएको मालवस्तु विराटनगर भन्सार कार्यालयको परिसरभित्र नआईपुगेको र आईसीपीको गोदाममा सामान नरहेको जबाफ दिएपछि भन्सार प्रतिनिधि खरेल र भन्सार कर्मचारी बीचमा हुने लाखौको सौदाबाजीको रहस्य खुलेको हो ।
भन्सार प्रतिनिधिको लाखौं राजश्व चुुहावट गर्ने योजना थाहा पाएको भन्सार विभागको टोलीले गोदामको परीक्षण गर्दा रद्द गरिएको प्रज्ञापनपत्रमा घोषणा गरिएका मालसामान समेत फेला परेपछि भन्सारमा भन्सार जाँचपासका नाममा भन्सार प्रतिनिधिले गर्ने राजश्व चुहावटको नालीबेली नै खुल्न पुगेको हो । कोलकाता बन्दरगाहले उक्त मालसामानको उल्लेख गर्दै विराटनगर नाकाका लागि सीटीडी (कस्टम ट्रान्जिट डिक्लियरेसन) फर्म पनि जारी गरिसकेको थियो ।
स्रोतका अनुसार अब एलसी खोलेर मगाइएको मालवस्तु आएन भने एलसी खोल्नेलाई विदेशी मुद्रा अपचलनको अभियोग समेत लाग्न सक्ने कुरा बताउन थालिएको छ । स्रोतले भन्यो मालवस्तु आयो तर भन्सार छलेर आयात गरियो भने राजश्व अपचलनको अभियोग समेत लाग्ने विषयमा अर्थ मन्त्रालयले मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानविन समिति बनाएर थप अनुसन्धान शुरु गरेको छ । विराटनगर भन्सारले आयातित उक्त सामानको १ करोड २५ लाख रुपैयाँ राजश्व असुल गरेर जाँचपास गरेको छ । त्यसको राजश्व मात्र ४५ लाख हुने घोषणा पनि गरिएको छ ।
यसरी भन्सार प्रमुुखहरुसँग अत्यन्तै सामिप्यता बढाएर लाखाैं लाख राजश्व छली गर्ने अग्रपक्तिमा रहेका बीरगञ्ज भन्सारका भन्सार एजेन्टका प्रतिनिधि शरण (सन्तोष) खरेल छोटो अवधि मै ७५ लाखको क्रेटा एसयूभीमा शयर गर्दै बिलासीयूक्त जीवन बिताउन थालेपछि नै विवादमा तानिएको कुरा विराटनगर भन्सारका भन्सार एजेन्टले नै बताएका छन । पछिल्लो समय स्वतन्त्र भन्सार प्रतिनिधि संगठन नामको संस्था समेत सामाजिक विकास मन्त्रालयमा दर्ता गरि अगुवाई गरिरहेका खरेलको यसरी आर्जित भएको सम्पत्ति सबै सम्पत्ति शुद्धीकरण विभागले छानविन गरी कानुुनी दायरामा ल्याउनुपर्ने कुरा विराटनगर भन्सारका जानकारले बताएका छन ।
खरेल मात्रै नभएर भन्सार प्रतिनिधि स्वतन्त्र संगठन भनी संस्थामा आबद्घ देखाएर छोटो समयमा करोडौंको कारोवार गर्ने भन्सार प्रतिनिधिलाई अब सरकारले चाडो भन्दा चाडो कानुनी दायारमा ल्याएर करको दायरामा ल्याउन ढिला नगर्न समेत राजश्वका जानकारहरुले बताएका छन । केही दिन अगाडी मात्रै तिनै भन्सार प्रतिनिधिहरुको भन्सार प्रतिनिधि स्वतन्त्र संगठनको साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी भएर आलोचित भएका तत्कालिन भन्सार प्रमुख ताराप्रसाद सापकोटाले भन्सार प्रतिनिधिलाई समर्थन गर्नुको रहस्य पनि शरण खरेलको राजश्व छली घट्ना सार्वजनिक भएपछि मात्रै खुलेको दावी स्रोतहरुले गरेका छन ।
र याे पनिः….. भन्सार एजेन्ट पैदल हिड्दा उनका प्रतिनिधि भने महंगा गाडीमा सरर….
विराटनगर भन्सारमा एजेन्ट भन्दा प्रतिनिधिको जीवनस्तर विलासी: नियमन निकाय मौन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार