राष्ट्रपतिबारे सभापति देउवा पनि माओवादीसँग सशंकित
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १८:५९:७
१६ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहेका बेला माओवादीको भुमिकालाई लिएर नेपाली कांग्रेस पनि सशंकित देखाएको छ । आफुले राष्ट्रपति पाउने सहमतिमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको नेकपा एमालेले दावी नछाडिरहेको अवस्थामा माओवादीको स्थायी कमिटीको बैठकपछि नयाँ शंका थपिएको छ । राष्ट्रपतिको निर्वाचन अघि प्रधानमन्त्रीलाई नचिढ्याउने भन्दै सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकसमेत स्थगित गराएका छन् ।
हालै सम्पन्न स्थायी कमिटीको बैठकमा नेकपा माओवाादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गराउने भनेपनि यसको जिम्मा माओवादीको मात्र नभएको बताएको थियो । यसको अर्थ कांग्रेसलाई राष्ट्रपति चाहिएको भए उसले पनि एमालेसँग सहमति खोज्नुपर्ने भन्ने हो । यता, निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिहँदा सत्ता पक्ष भने मिति सार्ने मनस्थितिमा देखिएको छ । मिति सारेर राष्ट्रपतिको निर्वाचन पछि सार्दा देशमा अनिष्ट आउने कांग्रेसको भनाइ छ ।
सरकार पक्षले निर्वाचन आयोगलाई दवाव दिएर राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल बढाउनकै लागि निर्वाचनको मिति तोक्न आलटाल गरिरहेको आशंका कांग्रेसले गरेको छ । कांग्रेसले निर्वाचनको मिति तत्काल घोषणा गर्न निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ । उसले कानुनी व्यवस्थाबमोजिम राष्ट्रपतिको चुनाव हुनुपर्ने माग उठाउँदै आएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । कांग्रेसको माग पनि यहि छ । फागुन २९ भन्दा अगाडी निर्वाचन हुँदा पनि माओवादीले कांग्रेसलाई साथ दिने शंकेत दिएको छैन् ।
राष्ट्रिय सहमति कायम नभएसम्म कांग्रेसले राष्ट्रपति पाउन नसक्ने माओवादीको भनाई सार्वजनिक रुपमा नै आइरहेको छ । संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । सोही धाराको उपधारा २ मा ‘उपधारा १ बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदाभार नसम्हालेसम्म संविधानबमोजिमको कार्यसम्पादन गर्नेछ’ भन्ने उल्लेख छ । यही व्यवस्थाअनुसार वर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल बढाउने नियतले निर्वाचनमा मिति घोषणामा ढिलाइ गरिएको आशंका कांग्रेसले गरेको हो ।
कांग्रेसबाट विश्वास पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाली कांग्रेसलाई राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति गरेर जान प्रस्ताव गरेका थिए । माघ ३ गते बालुवाटारमा भएको बैठकमा प्रचण्डले कांग्रेसलाई ती पदमाहरू सहमति गरेर जान आह्वान गरेका थिए । तर, उनको प्रस्तावमा सत्तारूढको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले उठाएको उमेदवारमा सहमति गर्नुपर्ने र त्यो नै सर्वसहमति हुने जिकिर गरिरहेका छन् । त्यसयता ओलीले सार्वजनिक रूपमा आफूले उठाएको उमेदवारमा सहमति जनाए सर्वसहमति हुने अभिव्यक्ति ओलीले दाहोर्याइ रहेका छन् ।
एमाले नेताहरू प्रचण्ड नियुक्त हुनुअघि नै राष्ट्रपतिबारे निर्णय भइसकेकाले त्यसमा दायाँबायाँ हुन नहुने बताउँदै आइरहेका छन् । गएको बिहीबार र शुक्रबार बसेको माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रपतिबारे सर्वसहमतिका लागि पहल गर्ने निर्णय गरेको भएपनि उसले राष्ट्रिय सहमतिका लागि कांग्रेसलगायतका दलसँग छलफल गर्ने भनेको छ ।
उसले राष्ट्रपतिलाई कार्यकारी जस्तो बनाउन खोजियो भन्दै साझा व्यक्तिका रुपमा डा.बाबुराम भट्टराइलाई अगाडी सार्न खजिरहेको छ । राष्ट्रपति विद्यदादेवी भण्डारीले भक्तपुर निवासमै पुगेर राष्ट्रिय मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई भेटेपछि कांग्रेस थाप सशंकित बनेको छ । माओवादीकै एकथरि नेताहरु एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा रहेपनि प्रधानमन्त्री बोलेका छैनन् ।
शुक्रबार स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता कृष्ण बहादुर महराले राष्ट्रिय सहमतिको प्रत्यन गर्ने र त्यो आफूहरूले मात्रै गरेर नहुने बताएका थिए । राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको प्रयत्न गर्ने हो । प्रयास गर्ने हो । भए हुन्छ, नभए हुँदैन भन्ने आशय माओवाादीको छ । यसको अर्थ भनेको नेपाली कांग्रेसलाई राष्ट्रपतिमा माओवादीले सहयो गर्छ भन्ने कुनै ग्यारेन्टी छैन् । सहमतिको प्रयासमा एमालबाट राष्ट्रपति नहुने भन्ने हुँदैन् । राष्ट्रपति निर्वाचनमा गोप्य मतदान बाट हुने भएपनि राष्ट्रिय सहमति नजुटेमा माओवादीले कांग्रेसलाई मत दिन्छ भन्ने ग्यारेन्टी छैन् ।
कांग्रेसभित्र बाट पनि को राष्ट्रपति बन्ने भन्ने टुंगो छैन् । कांग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान राष्ट्रपतिका लागि मरिहत्ते गरिरहेका छन् । तर, सभापति देउवा सहमति भए आफै राष्ट्रपतिमा लड्ने तयारीमा छन् । माओवादीबाट दोधारे कुरा आएकाले कतै जालझेल हुन लागेको त छैन भन्ने आशंका कांग्रेस बृतमा छ । कांग्रेसका केहि नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई सघाउन आग्रह गर्दै आएका छन् । तर, उनले राष्ट्रय सहमति भन्दै टारिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार