निहारिकाले जिल्ला अदालतमा दिइन् श्रीमान शिवराजविरुद्ध अंश मुद्दा
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २०:२४:३४
१६ माघ, काठमाडौं । निहारिका राजपूत भनिने सोनालीकुमारी सिंहले श्रीमान विरुद्ध अंश मुद्दा दायर गरेकी छन् । आइतबार निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएकी हुन् ।
धनुषा जिल्ला अदालतका श्रेष्तेदार विकास बस्नेतका अनुसार निहारिकाले आइतबार मात्रै आफ्ना श्रीमान शिवराज श्रेष्ठले हेरविचार नगरेको भन्दै अंश लिन मुद्दा दर्ता गराएकी हुन् ।
निहारिकाले दर्ता गराएको मुद्दामा श्रीमान् श्रेष्ठले मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको आरोप लगाएकी छिन् ।
उनले धनुषा जिल्ला अदालतमा ०७९CP१९७९ बाट अंश मुद्दा दर्ता गराएकी हुन् । आरोपित शिवराज श्रेष्ठले सोमबार प्रतिउत्तर दिने तयारी गरेका छन् ।
यसअघि निहारिकाबाट जन्म भएका छोराको डीएनए शिवराजसँग मेल खाएपछि दुवै जना श्रीमान श्रीमतीको रुपमा बस्ने सहमत भएका थिए । तर शिवराले श्रीमानको भूमिका ननिभाएको र हेरचाहमा समेत बेवास्ता गरेपछि उनले ताना कायम गराउने उद्देश्यले अंश मुद्द दर्ता गराएको हुन सक्ने चर्चा छ । उनीहरु दुवैबीच प्रेमी–प्रेमिका रहेकै समयमा यौनसम्बन्ध हुँदा सोनाली गर्भवती भएपछि उनीहरुबीच मनमुटाव भएको थियो ।
शिवराज निहारिकालाई विवाह गरेर घर लैजान तयार नदेखिएपछि निहारिकाले धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा शिवराजले सफाइ पाएका थिए ।
तर निहारिका उच्च अदालत जनकपुर पुगिन् । पुनरावेदन अदालतले फैसला दिन ढिलाई गरेको भन्दै निहारिका काठमाडौं आएर धर्ना समेत बसेकी थिइन् । सोही क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शितलनिवास अगाडि पुगेर शरीरमा पेट्रोल खन्याएर आत्मदाहकोा प्रयास समेत गरेकी थिइन् । त्यसपछि सरकारले उनको मागलाई सम्बोधन गर्न डीएनए परीक्षणको प्रबन्ध मिलाउन सरकारी वकिलको कार्यालयलाई भनेको थियो ।
बच्चा र शिवराजको डीएनएन परीक्षणको अनुमति पाएको थियो । परीक्षणमा डीएनए म्याच भएको थियो ।उच्च अदालत जनकपुरमा निहारिका र शिवराज श्रेष्ठको बलात्कार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार