सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:५१:३३
१७ माघ, काठमाडौं । एक नाबालिगलाई बलात्कार गरेको मुद्दामा क्रिकेटर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले मुद्दा पुर्पक्षको लागि धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।
पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले आज सर्वोच्चमा रिट निवेदन दायर गराएको हो ।
सन्दिप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यसअघि गरेको यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकुल रहेको आधारसहित रिट दायर गराएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बबाए ।
उनले लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दिएको आदेशअनुसार बमोजिम नै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग रिटमा गरिएको बताए ।
काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन यसअघि दिएको आदेशविरुद्ध सन्दिप उच्च अदालत पुगेका थिए । त्यसमा उच्चले थुनामुक्त रहेर मुद्दा लड्न सकिने भन्दै दुई हप्ताअघि लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित थुनामुक्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार