५ भारतीयलाई रिहा गर्न सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
माघ १९, २०७९ बिहिबार २३:४८:५६
१९ माघ, काठमाडौं । सर्वोच्च अदालतले यही माघ ८ मा अवैध मेला आयोजना गरेको भन्दै पक्राउ गरिएका पाँच जना भारतीय नागरिकलाई रिहा गर्न आदेश दिएको छ।
दुबईको रियलस्टेट कमपनी ड्याम्याकले दुबई प्रोपर्टी मेला आयोजना गरेको थियो । यस किसिमका मेला आयोजना गर्न नहुने राष्ट्र बैंकले बताए पनि आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी थुनामा राख्दै आएको थियो ।
उनीहरुलाई गैरकानूनी तवरले थुनामा राखेकाे जनाउँदै थुनामुक्तको मागसहित अधिवक्ता शकुन भण्डारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
बिहीबार रिटको सुनुवाइ गर्दै न्यायाधीशद्वय अनिल कुमार सिन्हा र डा. कुमार चुडालको संयुक्त इजलासले उनीहरुलाई थुनामा राख्नुपर्ने आधार र मनासिक कारण नदेखिएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो ।
रिहाई हुनेहरुमा भारतका अफ्ताव हम्जा जसनाइक, काजल रवि अग्रवाल, गुर्चरण सिंह मेहता, अनुभव वर्मा र हर्ष शर्मा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार