अभियुक्त सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्धको रिटमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १८:१४:२१
२० माघ, काठमाडौं । नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत उाटनको आदेशविरूद्ध परेको रिट निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।
न्यायाधीश हरि फुयाँलको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो । सो आदेश भएको जानकारी सर्वोच्च अदालतको वेबसाइटमा राखिएको छ । कैफियत प्रतिवेदन मगाउने आदेश दिएसँगै लामिछानेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण पेश गर्नुपर्नेछ ।
गएको मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश बदर गरी उनलाई थुनामै राख्न माग गर्दै रिट निवेदन दिएको थियो ।
गएको पुष २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो । त्यसको भोलिपल्ट कैन्द्रीय कारागारमा थुनामा रहेका सन्दिप धरौटी राखेर थुनामुक्त भएका थिए । थुनामुक्त भएसँगै उनले बाहिरै बसेर मुद्दाको अन्तिम टुंगो लगाउन पाइने अवसर पाएका छन् ।
तर थुनामुक्त गर्ने उच्चको उक्त आदेश कानून विपरीत रहेको र उनले बाहिर बस्दा मुद्दा पुर्पक्षका लागि आवश्यक पर्ने प्रमाणहरु नष्ट गर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो । उसले उच्चको आदेश यसअघि यस्तै प्रकृतिका मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशको विपरीत रहेको दलिल समेत पेश गरेको छ ।
मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ मा ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ । १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । उनीविरुद्धको मुद्दामा बलात्कृत भनिएकी पीडितको उमेर १७ वर्ष भएको उल्लेख छ ।
‘‘यी प्रतिवादीले पीडित उपर करणी गरेको तथा निजले पिटेको कारणबाट पीडितको शरीरमा पछाडिपट्टी घाउ लागेको मिसिलबाट देखिएकोमा शारीरिक मानसिक तथा सामाजिक प्रतिकूल अवस्थामा समेत पीडितले प्रतिवादी उपर उजुरी दिएको अवस्था र परिस्थितिलाई नजरअन्दाज गरी उच्च अदालत पाटनबाट भएको आदेश बेरितको हुँदा बदर गरिपाऊँ,’ महान्यायाधिवक्ता कार्यालयको निवेदनमा दाबी उल्लेख छ ।
थुनामा रहँदासम्म रािष्ट्रय क्रिकेट टिमका कप्तानबाट निलम्बन गरेको क्यानर्ले रिहा भएपछि अभियुक्त लामिछानेलाई निलम्वन फुकुवा गर्दै बिहीबार मात्र राष्ट्रिय टिममा फर्काएको छ । टिममा फर्काएको विषयलाई लिएर सामाजिक सञ्जालमा क्यानको कार्यशैलीको विरोध सुरु भएको छ । अभियुक्त सम्मिलित टिमले जुनसुकै उपाधि जितेपछि अर्थ नहुने अभियान नै चलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार