सशस्त्र प्रहरी बलमा डीआईजी बढुवा प्रकृया शुरु
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १८:४३:२७
२० माघ, काठमाडौं । सशस्त्र प्रहरी बलमा डीआईजी बढुवा प्रकृया शुरु भएको छ । सशस्त्र प्रहरीमा रिक्त चारजना डीआईजीलाई बढुवा लागि आवेदन माग गरेर प्रकृया शुरु गरिएको हो । गृह मन्त्रालयको बढुवा समितिले बिहीबार राती सूचना प्रकाशित गर्दै सूचनाबमोजिम सात दिनभित्र मूल्याङ्कन फाराम भरेर बुझाउनु पर्नेछ ।
बढुवा समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित सूचनामा हिजोको निर्णयानुसार बढुवाको निम्ति सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी फाराम पेश गर्न भनिएको छ ।
रिक्त रहेको सो पदमा बढुवाको निम्ति सशस्त्र प्रहरी बलमा क्रमशः कृष्ण पाठक, दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा वरिष्ठताको आधारमा उम्मेदवार छन् । अहिलेको बढूवामा दीपेन्द्र कुँवरको इच्छा र चाहाना भएपनि सरकार फेरिएसँगै उनको बढुवामा असर परेको छ ।
गत साउनमा बढुवा भएको अर्को समूहका १४ जनामध्ये २ नम्बरमा रहेका दिपेन्द्र कुँवर (ख) ले पनि आफू बढुवाको निम्ति योग्य भएको बताउँदै आएपनि उनको अघिल्लो बढुवा रकेट गतिमा भएकाले त्यही रोकिने सशस्त्र स्रोतले जनाएको छ ।
अहिले प्रबन्ध शाखाको जिम्मेवारी सम्हाली रहेका कुँवरलाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाको पहलमा रकेट गतिमा बढुवा गरिएको थियो । सरकार फेरिएपछि उनी त्यही प्रवन्ध शाखामा रमाएर बस्नुपर्ने भएको छ । धेरै नै विवाद भएपनि आईजीपी राजु अर्यालले पनि उनको विषयमा निर्णय गर्न नसक्ने भएकाले सशस्त्रमा डीआईजीको बढुवा निष्पक्ष हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार