कैशाल महताे समूहले फेरि चलायो ‘स्वतन्त्र मधेश’ अभियान
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २१:३४:३७
२० माघ, काठमाडौं । सीके राउत मधेशलाई अलग्गै राज्य बनाउने विखण्डनकारी नारासहित तराई क्षेत्रमा भूमिगत राजनीतिअन्तर्गत स्वतन्त्र मधेशको अभियानमा रहेका बेला सँगै रहेका एक समूहले पुनः स्वतन्त्र मधेशको नारा बोकेर अभियान चलाएकाे छ ।
राउन स्वतन्त्र मधेशको नारा त्यागेर मूलधारको राजनीतिमा प्रवेश गरे पनि उनको साथ छाडेका केही नेताहरूले यो अभियानलाई निरन्तरता दिएका हुन् । राउत मूलधारमा आएपछि अहिले प्रतिनिधिसभामा सदस्य छन् । उनको पार्टी सरकारमा छ ।
raतर राउतको साथमा काम गर्ने शीर्ष नेतामध्येका एक कैलाश महतो उनको साथ छाडेर अहिले स्वाधीन मधेस जनअभियानमा लागेका छन् । उनले काठमाडौँ लगायत तराई मधेसका विभिन्न ठाउँमा स्वतन्त्र मधेस अभियानका लागि छलफल गरेका छन् ।
गत बिहीबार र शुक्रबार काठमाडौँमा छलफल गरेर निस्केका महतो जनकपुर पुगेर माघ १७ गते तमलोपा, नेपाल सद्भावना पार्टी लगायतसँग छलफल गरिरहेका छन् ।
उनले मधेश प्रदेशको बारा जिल्लामा रहेर विभिन्न मधेस केन्द्रित सङ्घ, सङ्गठन तथा व्यक्तिहरूसँग छलफल चलाइरहेका छन् । उनले आफूहरुले सीके राउतले जसरी देशबाट मधेस अलग गराउन नचाहेको तर देशभित्रै मधेसलाई स्वतन्त्र राख्न चाहेको बताएका छन् ।
उनले मशेशलाई नेपालभित्रै आत्मनिर्णयको अधिकारसहित पूर्ण स्वतयता राज्य बनाउन अभियान सुरु गरेको बताए । अभियान गैर दलीय हुने बताए । दल बनाउँदा लोभ र प्रलोभनमा फस्ने गरेको भन्दै त्यो अवस्थाबाट बच्न अभियान अगाडि बढाएको उनको भनाइ छ । उनले बुद्धिजीवि, प्रवुद्ध वर्ग र सरोकारवाला पक्षहरुसँग छलफल चलाउने बताए ।
अहिले तराई मधेसमा रहेका संसदीय दलहरूबाट जनता आजित भइसकेका तथा मुद्दा र एजेन्डाभन्दा सत्ता र शक्तिमा केन्द्रित रहेको बताउँदै त्यसबाट जनतालाई माथि उठाउने काम अभियानले गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार