ए डिभिजन लिगको तयारी गर्न एन्फाले दियो १४ क्लबलाई १५/१५ लाख रुपैयाँ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २३:३०:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/anfa_T68X2L4VcP.webp)
२० माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहिद स्मारक ए डिभिजन लिग फुटबलको आयोजनामा सहगिता जनाउन तयारीका लागि १४ क्लबलाई रकम निकासा गरेको छ । एन्फाको आयोजनामा लिग फुटबल प्रतियोगिता हुँदैछ ।
एन्फाका अनुसार लिगका लागि सहभागी हुन १४ वटा क्लबले क्लब दर्ता गराएका छन् । जसअनुसार एन्फाले लिगको तयारी खर्चस्वरुप हरेक क्लबलाई प्रमथ किस्ता रु १५ लाख रुपैयाँका दरले रकम निकासा गरिएको छ ।
क्लबहरुलाई खेलाडी दर्ताको लागि यही माघ २९ गतेसम्मको मिति तय गरिएको पनि जनाइएको छ । फागुन १९ गतेदेखि हुने लिगमा डबल राउन्ड रोबिनको आधारमा १८२ खेलहरु खेलाइनेछ । ती खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिनेछ ।
लिगमा प्रथम हुने टिमले नगद रु ७५ लाख, द्धितीय हुनेले रु ५० लाख र तृतीय हुनेले रु २५ लाख पुरस्कार स्वरुप पाउने छन् । यस्तै लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइनेछ । प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीलाई रु तीन लाख पुरस्कार दिइनेछ ।
त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ–दुइ लाख पुरस्कार उपलब्ध गराइने छ। लिगको एक उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गरेर नगद रु एक लाख पचास हजार दिइने पनि एन्फाले जनाएको छ ।
हरेक खेलको विजेता टोलीलाई थप नगद रु ५०,००० पुरस्कार पनि दिइनेछ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान रु २५,००० दिइने छ । हरेक खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप रु १०,००० प्रदान गरिनेछ । शहिद स्मारक ए डिभिजन लिगको अनुमानित लागत करिब रु १२ करोड लाग्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार