रेशम चौधरीसहित ९ जनाकाे मुद्दामा मोक्तान र शर्माको इजलासमा सुनुवाइ हुँदै
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १७:२७:२९
२२ माघ, काठमाडौं । कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएकाे घटनामा दोषी ठहर भएर सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका कैलालीका रेशमलाल चौधरीको मुद्दा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको इजलासमा पेसी तोकिएको छ। थुनुवा १० नम्बरमा चौधरीको मुद्दा पेसी रहेको छ ।
यसअघि पेसी तोकिए पनि सर्वोच्चबाटै पटकपटक स्थगित हुँदै आएको थियो ।२०७७ फागुन १२ गते जिल्ला अदालत कैलाली र उच्च अदालतको फैसला त्रुटीपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पूनरावेदन गरिएको थियो । उक्त पुनरावेदनमा हालसम्म एकपटक पनि सुनुवाइ हुन सकेको छैन ।
दुईपटक हेर्न नभ्याइने र एकपटक हेर्न नमिल्ने हुँदै मुद्दा स्थगित भयो । अन्तिम पटक २०७९ भदौ २६ गते न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको थियो । उनीहरुको इजलासमा हेर्न नमिल्ने भएपछि पेसी सरेको थियो ।
वर्तमा संविधान जारी गर्ने बेला प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी (एसएसपी) उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।
उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको थियो ।
त्यसको दुई वर्षपछि फैसलाविरुद्ध परेको रिटमा करिब २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनाको जन्मकैद फैसला सदर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या, यस्तो रहेछ कारण
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
माघ ३, २०८१ बिहिबार