बीरगञ्जलाई पर्यटकीय शहर बनाउन महानगर लागि परेको छ : प्रमुख सिंह
आबिद हुसेन
माघ २३, २०७९ सोमबार २२:२१:०
२३ माघ, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीरगञ्जलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न आफू लागि परेको बताएका छन । सोमबार बीरगञ्जमा आयोजित पर्यटन प्रवद्र्धन तथा पर्यटन सुरक्षामा सरोकारवाला निकायहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले यस्तो बताएका हुन।
उनले भारतीय पर्यटक भित्र्याउने गरी महानगरले काम गरिरहेको भन्दै त्यसमा सबैले साथ दिन आह्वान गरे । ‘बीरगञ्जमा धेरै आउने भनेको भारतीय पर्यटक नै हो, यहाँका पर्यटन व्यवसायी पनि भारतीय पर्यटकको पर्खाइमै रहेका हुन्छन्,’ उनले भने, ‘त्यसैले हामीले पनि भारतीय पर्यटक बढी भित्रिउन भनेर निर्वाचित भएर आएसँगै भारतीय सवारीसँग लिने गरिएको सवारी कर हटाइदियौँ ।’
भारतीय सवारीसँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भए पनि भारतीय पर्यटकको आगमनले पर्यटनसँग आश्रित व्यवसायी र परिवारको घर चल्न ठूलो मद्दत मिलेको उनले बताए ।
महानगरले माइस्थान मन्दिर सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उनले अब १५० वर्ष भन्दा बढी पुरानो नृसिंह पिपरा मठको पुननिर्माणमा आफूहरु लागि परेको पनि बताए । आउँदो चैत्र सम्ममा बीरगञ्जको मुहार फेर्ने गरी काम गरिरहेको भन्दै त्यसका लागि सबैको साथको आवश्यकता रहेको पनि बताए । सबैले आफ्नो ठाउँबाट काम गरे मात्रै बीरगञ्जलाई आर्थिक नगरीसँगै पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिनेमा उनको जोड थियो ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप काठमाडौंको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायत होटल व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम होटल व्यवसायी संघका केन्द्रीय सचिव हरि पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्भो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार