साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १७:१:६
२४ माघ, काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगमा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ । ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुने खेलमा नेपालले भारतसँग खेल्दैछ ।
दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने अवस्था छ । ४ राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।
एक हार र एक जितबाट नेपालको तीन अंक छ र तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ४(० ले हराएको थियो । खेलमा भारतसँग हारेको खण्डमा नेवाल खेलबाटै बाहिरिनेछ । भारत पनि यही अवस्थामा रहेकाले खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
नेपालका प्रशिक्षक यामबहादुर गुरुङले भारत बलियो टिम भएपनि नेपालले जित निकाल्ने गरी तयाी गरेको बताए । भारतीय टिमका प्रशिक्षक मायमोल रकीले पनि आजको खेलमा नेपाललाई जित्न निकै मेहनत गर्नुपर्ने अवस्था रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार