नाबालिका बलात्कारकाे अभियोग लागेका वडाध्यक्ष श्रेष्ठ जेल चलान
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १९:४९:४२
२४ माघ, बारा । नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई जेल चलान गरिएको छ ।
उनलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएसँगै जेल चलान गरिएको हो । उनलाई वीरगन्ज कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
गत असोज १९ गते छिमेककी १४ वर्षीया एक बालिकालाई घरमै बोलाएर बलात्कार गरेको आरोप लगाउदै पीडित किशोरीले असोज २५ मा उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि फरार रहेका श्रेष्ठ आफैं प्रहरीमा पुगेर आत्म समर्पण गरेका थिए ।
त्यसपछि पक्राउ गरी अनुसन्धान सकेर सरकारी वकिलर्का कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको थियो । सो मुद्दामाथि न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले सोमबार उनलाई जेल पठाउने निर्णय सुनाएको थियो ।
पहिलो सुनुवाई हुँदा थुनछेक बहसको क्रममा कसुरदार देखिएकोले हाललाई पुर्पक्षमा पठाउने आदेश भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताए ।
जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने माग दाबी गर्दैै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार