६ वर्षीया बालिकाकाे हत्यामा साहलाई जन्मकैदको फैसला
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २२:३५:२४
२४ माघ, महोत्तरी । जिल्ला अदालतले एक बालिकाकाे अपहरणपछि बलात्कार गरेर हत्या गरेकाे कसुर मुद्दामा कसुरदारलाई जन्मकैदको फैसला सुनाएको छ ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो ।
महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा निज साहलाई जन्मकैदको सजाय सुनाएको हो । साथै पीडित परिवारलाई रू एक लाख क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला भएकाे छ ।
२०७७ मंसिर ७ गते आइतबारका दिन अरुणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनलाई अपहरण गरी बेपत्ता बनाएका थिए । पछि जबर्जस्ती करणी गरेको र घटना बाहिरिने डरले घाँटी थिचेर हत्या गरी बोरामा राखेर फालिदिएको प्रमाणित भएको हो । बालिकाको शव मंसिर ८ गते सोमबार राति सोही बस्तीमा फेला परेको थियो ।
पीडित परिवारलाई न्याय दिलाउन घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले प्रशासनविरुद्ध आन्दोलन भएको थियो । आन्दोलनको क्रममा प्रहरीको गोली लागी बर्दिबास–१ बस्ने सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो । साहकाे घरमा आगजनी समेत गरिएकाे थियाे ।
सोही घटनाको महोत्तरी जिल्ला अदालतमा विचराधीन मुद्दामा सोमबार भएको अन्तिम सुनुवाइमा दोषी साहलाई अदालतले दोषी ठहर गर्दै कैद फैसला गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
एप्पलका मालिकले कुम्भ मेला बारे लेखेको पत्र ६ करोड अमेरिकी डलरमा लिलामी
माघ ३, २०८१ बिहिबार
फिटनेश एपवाट पनडुब्बीको रहस्य लिक भएपछि फ्रान्स तनावमा
माघ ३, २०८१ बिहिबार
‘कोल्ड प्ले’ कन्सर्टले लगायो मुम्बईमा धेरै गाडी माथि प्रतिबन्ध
माघ ३, २०८१ बिहिबार